तस्वीरमा हेर्नुस् नारायणी नदीतटमा एमालेको शक्ति प्रदर्शन

चितवन, २८ फागुन ।  एमालेको मेची-महाकाली राष्ट्रिय अभियान चितवन पुग्दा एमाले कार्यकर्ता र समर्थकको ठूलो सहभागिता देखिएको छ ।


चितवनको नारायणी नदी किनारमा मानिसहरुको भिड खचाखच भएर गैंडाकोटर्फ समेत उल्लेख्य सहभागिता देखिएको छ ।

एमालेले चितवनमा धेरै समयपछि शक्ति प्रदर्शन गरेको स्थानीयले टिप्पणी गरेका छन् ।

शनिवार बिहान हेटौंडाबाट अघि बढेको अभियानको क्याराभानले राजमार्गमा करीव १५ किलोमिटर दूरी ओगटेको प्रहरीले जनाएको छ । सिमसिम पानीका बीच दशौं हजार सहभागी चितवन हुँदै कावासोती अघि बढ्ने तयारीमा छन् ।

नारायणगढ बजारको २ स्थानमा ठूला ठूला स्पीकर राखिएका छन् । त्यहाँ वरपर बसेर पनि सर्वसाधारण नागरिकहरुले एमाले सभा सुनिरहेका छन् । कार्यक्रमस्थलमा बिभिन्न जातजातिका झाकीहरु प्रर्दशन गरिएका थिए । चितवनमा दोस्रो जनआन्दोलनपछि यतिको धेरे संख्यामा मानिसहरु सडकमा उत्रिएको दाबी आयोजकको छ ।

एमाले सभामा २ सयभन्दा बढी स्वंय सेवकहरुले सहभागीहरुलाई मिलाउने काम गरिरहेका छन् । नेकपा एमाले चितवनले नवलपरासीको गैंडाकोटसम्म मेची महाकाली अभियानको टोलीलाई पुर्‍याउने कार्यक्रम छ ।