सुषुम्ना नाडी घाइतेहरुलाई ह्विल चेयर बास्केटबल प्रशिक्षण सुरु

चितवन, २६ फागुन । ह्विल चेयर बास्केटबल प्रशिक्षक उत्पादन गर्न चितवनमा सुषुम्ना नाडी घाइतेहरुलाई प्रशिक्षण सुरु गरीएको छ ।
नेपाल स्पाइनल स्र्पोट एशोसियनले आयोजना गरेको प्रशिक्षणमा चितवन नवलपरासी ,पाल्पा र कपिलवस्तु गरी ४ जिल्लाका गरी १५ जना सुषुम्ना नाडी घाइतेहरु सहभागि छन् ।
उनीहरुलाई ह्विल चेयर बास्केटबल खेल्ने शैली र प्रविधिबारे हिमाल अर्याल र लक्ष्मी घिमिरेले प्रशिक्षण दिनेछन् । अन्र्तराष्ट्रिय जगतमा ह्विल चेयर खेलका विभिन्न विधामा आफ्नो कौशलता देखाइ ख्याती कमाउन सफल प्रशिक्षक अर्यालले अहिले प्रशिक्षणमा सहभागि भएका मध्य उत्कृष्टलाई टिमको रुपमा अघि लैजाने बताए । उनीहरुलाई पोखरामा हुन गइरहेको ह्विल चेयर बास्केटबल प्रतियोगितामा सहभागि गराउने गरी तयार गर्ने समेत उनले बताए ।
अपांगता भएकाहरुदे खेल क्षेत्रमा सफलता हासिल गर्न सक्दैनन् भन्ने भ्रमलाई चिर्न आफुहरु लागि परेको नेपाल स्पाइनल स्र्पोट एशोसियनका महासचिव ऋषिराम ढकालले बताए।
सुषुम्ना नाडी घाइतेहरुलाई खेल क्षेत्रमा शशक्त रुपमा अघि बढाउन नेपाल स्पाइनल स्र्पोट एशोसियनले विभिन्न विधाका खेलमा प्रशिक्षण दिई खेलाडी उत्पादन गरीरहेको उनले जानकारी दिएका छन् ।
नेपाल स्पाइनल स्र्पोट एशोसियनले सुषुम्ना नाडी घाइतेहरुका लागि विश्वमै पहिलो पटक अन्र्तराष्ट्रिय ह्विल चेयर क्रिकेट प्रतियोगिता सञ्चालन गरीसकेको उनले बताए । यस्तै हिवल चेयर पौडी प्रतियोगिता र वास्केटबलमा समेत खेलाडी उत्पादन गरीएको उनले बताए ।
चितवनमा अपांगता भएकाहरुको संख्या धेरै भएपनि खेल क्षेत्रमा उनीहरु पछि परेको अवस्थालाई ध्यानमा राख्दै कार्यक्रम ल्याइएको उनले जिकिर गरे ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारीले सुषुम्ना नाडी घाइतेहरु खेल क्षेत्रमा अग्रसर हुनु प्रशंसनिय रहेको बताए ।
खेलाडीहरुमा देखिएको उत्साह र जिज्ञासाले आफुलाई आकर्षित गरेको भन्दै आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको उनले जोड दिएका छन् ।
चितवन हरेक दृष्टिकोणले अब्बल रहेको हुंदा अपांगता भएकाहरुको खेल जगत पनि अब्बल सावित गरी अन्र्तराष्ट्रिय रुपमा ख्याती कमाउन शुभकामना दिए ।
प्रशासनिक सबै क्षेत्र हेर्नुपर्ने हुंदा केही छुट्न गए स्मरण गराउन समेत उनले आग्रह गरे । आगामी दिनमा सबै सार्वजनिक निकायका संरचना अपांग मैत्री बनाउने तयारी भइरहेको उनले जानकारी गराएकाछन् ।
अपांगता भएकाहरुलाई कुनै पनि प्रशासनिक काममा लाइनमा बस्नु नपर्ने उनले बताए । सुषुम्ना नाडी घाइतेहरु अधिकांश सडक दुर्घटनाका कारण हुने भएकाले सडकको दुरावस्था सुधार गर्न नसक्दा सम्म समस्या यथावत रहने भन्दै उनले चिन्ता समेत व्यक्त गरेकाछन् ।
नेपाल स्पाइनल स्र्पोट एशोसियनकी अध्यक्ष गायत्री दाहालले शारिरिक रुपम असक्षम भनिएकाहरु प्नि खेल क्षेत्रमा सक्षम हुन सक्छन् भन्ने प्रमाणि गर्न आफुहरु लागि परेको बताइन् ।
अपांगता भएकाहरुको आत्मबल बढाउंदै खेल क्षेत्रमा फरह पहिचान स्थापित गर्न देशव्यापी अभियानमा जुटेको उनले बताइन् ।
सबै क्षेत्रको समन्वयमा कार्यक्रम गर्ने उत्साहका साथ चितवन आएपनि राजनितिक दलहरुले भने चासो नदिएको उनको गुनासो छ ।
कार्यक्रममा दि फेमस महेन्द्रदल गण भरतपुरका मेजर राम बहादुर थापा, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत अनुप अधिकारी, सुषुम्ना नाडी घाइते मैत्रीय समाजका अध्यक्ष विर्खमान गुरु, बोस्टन इन्टरनेशसनल कलेजका कार्यकारी निर्देशक राजु लामा,चितवन उद्योग संघका कार्यसमिति सदस्य ऋतु घिमिरेले मन्तव्य राखेका थिए ।
सुषुम्ना नाडी घाइते मैत्रीय समाजको समन्वयमा भएको कार्यक्रमलाई डेनिस स्र्पाटस् अर्गनाइजेसन फर डिस्एवल्डले सहयोग गरेको हो ।