एक हप्ता भित्र वैध अवैध हतियार बुझाउन मुग्लिन प्रहरीको आग्रह (भिडियोसहित)

चितवन, फागुन २६। ईलाका प्रहरी कार्यालय मुग्लिनले  हातहतियार बारे राजनितिक दल, नागरिक समाज, व्यावसायी विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसंग छलफल तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

आसन्न स्थानिय निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न विभिन्न समस्याको रुपमा आउन सक्ने वैध तथा अवैध रुपमा लुकाई छिपाई राखेको हातहतियारको सम्बन्धमा छलफल गरिएको हो ।

ईलाका प्रहरी कार्यालय मुग्लिनका इन्चार्ज (प्रहरी निरीक्षक) योगेन्द्र हमालले स्थानिय चुनावलाई भयरहित शान्त वातावरणमा सम्पन्न गर्नका लागि बैध तथा अबैध हतियारहरु प्रहरी कार्यालय सम्म सहज रुपमा ल्याउनका लागि वातावरण बनाउन सबै राजनितिक दल र सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । निरिक्षक हमाले के कती कहाँ हतियार छन अहिल्यै खुलाउन नमिल्ने बताउदैँ एक हप्ता भित्र हतियार नबुझाए जो सुकैलाई कानुन बमोजिम कारबाही गरिने बताउनुभयो । राजनितिक दलहरुले सभा कार्यक्रम गर्न पुर्व प्रहरीलाई जानकारी दिन पनि आग्रह गर्नुभयो।

सबै राजनितिक दलहरुले चुनाव भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आ आफ्नो पार्टीबाट निर्वाचन आचार संहिता विपरीत कुनै कार्य नगर्ने प्रतिवद्धता जनाएका छन ।

ईलाका प्रहरी कार्यालय मुग्लिनले फागुन २५ गते आजैको दिन देखि एक हप्ता भित्र बैध अबैध हतियार प्रशासनलाई नबुझाएमा प्रचलित कानुन बमोजिम छापा मारी तथा घर खानतलासी गरि आवस्यक कानुनी कारवाही गरिने सुचना नै जारी गरेको छ ।