प्रथम राष्ट्रिय अन्तर डेन्टल हाजिरीजवाफ प्रतियोगीताको उपाधी पुरानो मेडिकल कलेजलाई

राजेन्द्र आचार्य
चितवन, २५ फागुन । प्रथम राष्ट्रिय अन्तर डेन्टलकलेज हाजिरीजवाफ प्रतियोगीताको  कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पता (पुरानो मेडिकल कलेज) चितवनले हात पारेको छ । भने चितवन मेडि़कल कलेज (नयां मेडिकल)ले दोश्रो र युनिभर्सल कÞलेज अफ मेडिकल साइन्स भैरहवाले तेश्रो स्थान हात परेको छ ।
चितवनमा पहिलो पटक दातको सुरक्षा बारेमा जनचेतना फैलाउने उद्देश्यका आयोजित प्रथम राष्ट्रिय अन्तर डेन्टल कलेज हाजिरी जवाफ प्रतियोगीता आयोजना गरेको नेपाल डेन्टल एशोसीएशन चितवन शाखा अध्यक्ष डा.अजय न्यौपानेले जानकारी दिए ।

नेपाल दातंको सुरक्षा राम्रो नगर्दा करिब ८० प्रतिशत बढी यो समस्या रहेको उनले बताए ।
दन्त चिकित्सक दिवसको अवसरमा नेपाल डेन्टल एशोसीएशन चितवन शाखाद्वाराले प्रथम राष्ट्रीय अन्तर डेन्टल कलेज हाजिरीजवाफ प्रतियोगीतामा चितवनमा नै सम्पन्न भएको हो । प्रतियागितामा नौवटा डेन्टल कलेज सहभागी भएका थिए । नेपाल डेन्टल एशोसीएशन चितवन शाखा अध्यक्ष डा अजय न्यौपाने अध्यक्षतामा सम्पन्न प्रतियोगीतामा चितवन मेडिकल कलेजका अध्यक्ष डा.हरीशचन्द्र न्यौपाने प्रमुखÞ अतिथि रहेको थिए ।