सिद्धमहायोग ध्यान साधना एवं सत्सगं समारोहको तयारी पुरा

चितवन, २४ फागुन । चितवनमा भोली देखि सुरुहुने ५ दिने पाशुपत सिद्धमहायोग ध्यान साधना एवं सत्सगं समारोहको तयारी पुरा भएको आयोजकले जनाएको छ । जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठ चितवन शाखाको आयोजना तथा जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको सहआयोजनामा महायोग साधना शिविर गरिन लागेको हो । जगद्गुरु श्रीरामानन्दचार्य सेवापिठ चतराधामका पिठाधिश महायोगी सिद्धवाबा श्रीवैष्णव कृष्णदासजी महाराजको सानिध्यमा सो शिविर गरिने र आज गुरुको चितवनमा आगमन भएको समेत आयोजकले जनाएको छ ।

महायोग साधना मानव जीवनका लागि अपिरहार्य भएकोले सम्पुर्णलाई योगमा उपस्थित हुनका लागि पनि आयोजकले आग्रह गरेको छ । पाशुपत सिद्धमहायोग ध्यान साधना एवं सत्सगं समारोहमा सहभागिहरुमा स्वतः महायोग साधना हुने सेवा पीठ चितवन शाखाका सहसंयोजक भरत सापकोटाले जानकारी दिए । उत्त पाशुपत सिद्धमहायोग ध्यान साधना एवं सत्सगं समारोह भोलीबाट सुरु भई २९ गते समापन गरिने उनले जानकारी दिए ।
यस्तै योगका लागि चितवन आएका जगद्गुरु श्रीरामानन्दचार्य सेवापिठ चतराधामका पिठाधिश महायोगी सिद्धवाबा श्रीवैष्णव कृष्णदासजी महाराजलाई आज भब्यताका साथ स्वागत गरिएको छ । आयोजक कमिटीका सम्पुर्णले उनलाई फुल,माला ओडाएर स्वागत गरेका थिए । नेपालमा अतिनै प्रचलित पाशुपत महायोग साधना धन्यै लोप भइसकेको र यस्को संरक्षण गर्न सेवापिठ चतराधामका मठाधिश श्रीवैण्णव कृष्णदासजी महाराज लागिपरेका छन् । मठाधिश श्रीवैण्णव कृष्णदासजी महाराजले विज्ञानलाई नै चुनौती दिदै पटक पटक विना अक्सिजन नौ नौ दिनसम्म भुसमाधिमा रहेको समेत आयोजकले जनाएको छ । साधना शिविरमा सहभागी भएपछि गुरु क्रिmपाद्धारा स्वत ः योगका आसन प्राणायम ,ध्यान लगायत मन्त्रयोग ध्यानयोग ,हठयोग सबै क्रीयाहरु महायोगमा साधनामा हुने गर्दछ ।