माओवादीको चितवनमा गाउं भेला अभियान तिव्र, २७ जना नयां कार्यकर्ता प्रवेश (फोटोफिचर)

चितवन, २४ माघ । चितवनमा नेकपा माओवादी केन्द चितवनले गाउं भेला अभियान थालेको छ ।
सरकारले स्थानिय चुनावको मिति घोषण गरसगैं गाउमा पुगी कार्यकर्ता र स्थानिय जनताको मनोभावना बुझ्न गाउं भेला अभियानलाई तिव्रता दिएको हो । सोही अभियान अनर््गत यतिवेला माओवादीले चितवनका विकट पहाडी गाविसहरुमा अभियानलाई पतव्रता दिएको माओवादी केन्द्र चितवनका सह ईन्चार्ज घनश्याम दाहाल अविनाशले जानकारी दिए ।
अभियान अन्र्तगत राप्ती नगरपालिका हाल साविक कोराक गाविसमा आयोजित संयुक्त वडा भेलामा माओवादी प्रवेश गर्नेहरुको लहर नै चलेको थियो । सो अवसरमा काग्रेस र एमाले परित्याग गरि प्रवेश गरेका २७ जना नयां कार्यकर्तालाई केन्द्र चितवनका सह ईन्चार्ज घनश्याम दाहाल अविनाशले रातो टिका लगाई प्रवेश गरेका थिए । साविक कोराक गाविसका अध्यक्ष सोमिलाल मोक्तानको अध्यक्षतामा सम्पन्न भेलामा पुराना नेता अकलबहादुर तामाङ्गले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा राप्ती नगरपालिका ईन्चार्ज सिंह बहादुर गोले, सह ईन्चार्ज मानबहादुर स्याङ्गबो, संयोजक रामचन्द्र पाठक, मिना घलान लगायतले शुभकामना मन्तव्य राखेका थिए ।