राष्ट्र निर्माणमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण

चितवन, फागुन २४–राष्ट्र निर्माणमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहने एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।
पूर्वी चितवनको रत्ननगर–१ बकुलहरमा रहेको अरुण संचार सहकारी संस्था लिमिटेडद्धारा संचालित सामुदायिक रेडियो, रेडियो अर्पणले आयोजना गरेको समुदायमा सामुदायिक रेडियोको भुमिका’ विषयक अर्पण जनबहस कार्यक्रमका वक्ताले सो कुरा बताएका हुन् ।
राज्य र सरकारले गर्नुपर्ने कार्य सामुदायिक रेडियोले गरेको भन्दै राज्यको पहँुचबाट दिन नसकेको सूचना सामुदायिक रेडियोले दिएको बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरेले सरकारभन्दा सञ्चार माध्यम अझै जिम्मेवार हुने भन्दै सहि सूचनाको पहिचान गरेर मात्र समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।
जनताका सरोकारका विषय,राष्ट्र र राष्ट्रियताका सवालमा जनतालाई सुुसूचित गराउन प्रभावकारी भुमिका निर्वाह गर्नु पर्ने बताए । कार्यकारी अधिकृत गैरले समाजका नकारात्मक विषय कसरी हटाउन सकिन्छ भन्ने विषयमा रेडियोले जोड दिनु पर्ने बताए ।
रेडियो अर्पणका सचिव सुरज पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेपाली काँग्रेसका नगरसभापति रुपनराज घिमिरे, नेकपा एमाले नगरअध्यक्ष बद्री घिमिरे, नेकपा माओवादी केन्द्रका नगर ईन्चार्ज राजु अम्गाई सुवोध, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष मेघराज ढकाल, क्रान्तिकारी माओवादीका प्रतिनिधि प्रकाशबाबु खनाल, जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका सदस्य तथा सहित्यकार तिलक राज शर्मा पौडेल, रेवान सौराहका सचिव कपिल रेग्मी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
रेडियोको छैठौ वार्षिकोत्सबको अवसरमा आयोजना गरिएको दुईदिने अर्पण जनबहस कार्यक्रम रेडियो अर्पणका कार्यकारी अध्यक्ष वेदप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।
रेडियोले साताव्यापी कार्यक्रम अन्र्तगर्त रत्ननगर नगरपालीकाको सहयोगमा अर्पण जनबहस कार्यक्रम गरेको हो ।
यस्तै भोली फागुन २५ गते विहान ८ बजेदेखि रेडियो अर्पणको प्राङगढमा रक्तदान जिवनदान भन्ने मुल नाराका साथ खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ भने फागुन २५ गते नै नारी हक हित संरक्षण अभियान अन्र्तगत रहेर विहान ११ बजेदेखि महिला हिंसा विरुद्धको अभियान सचेतनामूलक नाटक मंचन कार्यक्रम आयोजना गरिएको छ ।
यस्तै फागुन २६ गते दिउसो २ बजेदेखि अन्तर कर्मचारी, तथा चितवनका पत्रकारहरुबीच घैटो फुटाई तथा म्यूजिकल चियर प्रतियोगिता हुने छ भने फागुन २७ गते विहान ११ बजे जनस्वास्थ्य सचेतना अन्र्तगत रहेर स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिएको छ ।
त्यस्तै फागुन २७ गते बृद्धाश्रम संरक्षण सचेतना अन्र्तगत रहेर विहान ८ बजेदेखि जेष्ठ नागरिक सम्मान तथा बृद्धबृद्धाहरुलाई फलफुल वितरण कार्यक्रम आयोजना गरिएको हो ।
फागुन २८ गते विविध सांस्कृतिक कार्यक्रम,मूल समापन समारोह,पुुरस्कार वितरण र सम्मान कार्यक्रम हुनुका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने रेडियोले जनाएको छ ।