प्रथम झेर्नी पुरुष भलिबलमा पहिलो चरणका खेलहरु सकिए

चितवन, २३ फागुन । प्रथम झेर्नी मगर भरतपुर कप खुल्ला नकआवट पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पहिलो चरणका खेलहरु सकिएका छन् । झेर्नी युवा कल्ब भरतपुर ९ आयोजित प्रतियोगितामा फेमश महेन्द्र दल गण भरतपुर र श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल टिकौली दास्रो चरण प्रबेश गरेका हुन् ।

भोली दास्रो चरणको पहिलो खेलमा श्रीकृष्ण प्रणामी युवा परिषद नेपालले बागवानी युवा क्लबको सामाना गर्ने आयोजक संस्थाका सचिब अर्जुन थापाले जानकारी दिए ।त्यस्तै भोली नै झेर्नी मगर युवा कल्ब सिले दि फेमश महेन्द्र दल गण भरतपुरको सामाना गर्ने आयोजकले जनाएको छ ।

आगामी २५ गते सम्म संचालनहुने प्रतियोगितामा बिजयी टिमले नगद ७० हजार सहित ट्रफि मेडल सहित प्रमाणपत्र प्राप्त गर्ने छ भने उपबिजेताले नगद ४५ हजार प्राप्त गर्दा तेस्रो ले नगद २५ हजार प्राप्त गर्दा सान्तोनाले १० हजार सहित ट्रफि मेडल सहित प्रमाणपत्र प्राप्त गर्ने कल्बका सचिब थापाले जानकारी दिए ।