रेडियो अर्पणले छैठौ बार्षिकोत्सब मनाउन सुरु

चितवन, २३ फागुन । पूर्वी चितवनको रत्ननगर १ बकुलहरमा रहेको अरुण संचार सहकारी संस्था लिमिटेडद्धारा संचालित सामुदायिक रेडियो रेडियो अर्पण १०४ थोप्लो ५ मेगाहर्जले भोली सोमबारदेखि साताव्यापी रुपमा छैठौ बार्षिकोत्सब मनाउन सुरु गरेको छ ।
रेडियोले आफनो छैठौ वर्ष पार गरि सातौं वर्ष प्रवेशको अवसरमा छैठौ बार्षिकोत्सब समारोह २०७३ मनाउदै गरेको हो ।
सूचना, समाचार र विश्लेषणात्मक विचारहरुको माध्यमबाट समुदायको क्षेत्रको विकासमा टेवा पु¥याउनुका साथसाथै आम जनमानसलाई सुसूचित गराउने उद्देश्यका साथ प्रसारण भइरहेको रेडियोले साताव्यापी कार्यक्रम अन्र्तगर्त सोमबार र मंगलबार दुई दिन रत्ननगर नगरपालीका र कालीका नगरपालिकामा विहान आठ बजेदेखि अर्पण जनबहस कार्यक्रम जारी राखेको छ ।
फागुन २५ गते विहान ८ बजेदेखि रेडियो अर्पणको प्राङगढमा रक्तदान जिवनदान भन्ने मुल नाराका साथ खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ भने फागुन २५ गते नै नारी हक हित संरक्षण अभियान अन्र्तगत रहेर विहान ११ बजेदेखि महिला हिंसा विरुद्धको अभियान सचेतनामूलक नाटक मंचन कार्यक्रम आयोजना गरिएको छ ।
यस्तै फागुन २६ गते दिउसो २ बजेदेखि अन्तर कर्मचारी, तथा चितवनका पत्रकारहरुबीच घैटो फुटाई तथा म्यूजिकल चियर प्रतियोगिता हुने छ भने फागुन २७ गते विहान ११ बजे जनस्वास्थ्य सचेतना अन्र्तगत रहेर स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिएको छ ।
त्यस्तै फागुन २७ गते बृद्धाश्रम संरक्षण सचेतना अन्र्तगत रहेर विहान ८ बजेदेखि जेष्ठ नागरिक सम्मान तथा बृद्धबृद्धाहरुलाई फलफुल वितरण कार्यक्रम आयोजना गरिएको हो ।
फागुन २८ गते विविध सांस्कृतिक कार्यक्रम,मूल समापन समारोह,पुुरस्कार वितरण र सम्मान कार्यक्रम हुनुका साथै
स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने रेडियो अर्पणका कार्यकारी अध्यक्ष वेदप्रसाद आचार्यले जानकारी दिए । कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गर्नको लागी विभिन्न संघ संस्थाहरुलाई आचार्यले आग्रह गरे ।
रेडियोले आफ्नो अत्याधुनिक स्टेशन मार्फत बृहत सोच, फरक पहिचानको साथ शिक्षा, स्वास्थ्य, पर्यटन, मनोरञ्जन एवं रोजगारका साथसाथै जनचासो एवं जनसरोकारका विषयवस्तुलाई मूल आधार बनाउँदै जनमानसमा सही सूचना, ज्ञानबद्र्धक, जनचासोमूलक कार्यक्रम, उद्योग, व्यापार प्रबद्र्धन गर्न, वित्तीय कारोवारमा टेवा पु¥याउने तथा स्कूल, कलेज, अस्पताल आदि सेवामूलक संघसंस्थाहरुलाई प्रबद्र्धनात्मक हुने हिसावले त्यससँग सम्बन्धित पक्षलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित हुने गरी गीतसँगीत, कलासंस्कृति, साहित्य र समुदाय लक्षित अभिमुखीकरण कार्यक्रम गदै आइरहेको छ ।
रेडियो अर्पण चितवन जिल्ला र आसपासका जिल्लाहरुमा साथै
ईन्टरनेट अनलाईनबाट डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपिबाट संसारभर एकै साथ सुन्न सकिन्छ ।