क्याम्पाचौरमा पतञ्जली योग शिविर

चितवन, २१ फागुन । पतञ्जली योग समिति चितवनको आयोजनामा आज देखि नारायणगढको क्याम्पाचौरमा सुरु भएको छ । शिविरको समाजसेवि मैयादेवि श्रेष्ठले एक समारोहका विच उद्घाटन गर्नु भएको हो । योगले मानव स्वास्थयलाई स्वस्थ र फुर्तिलो वनाउनका लागि सहयोग पुग्ने भएकाले सवैले योग गर्नु अति आवश्यक रहेको उहाँले वताउनु भयो ।
पछिल्लो समय मानिसहरु विलासी भएका कारण मानव स्वास्थ्यमा विभिन्न किसिमको समस्या देखिएको भन्दै उहाँले योग विज्ञानको समय आएको उहाँले बताउनु भयो । सो अवसरमा उहाँले पतन्जलि योग समिति चितवनका लागि एक लाख रुपैंया सहयोग गर्ने बताउनु भयो ।

योग गुरु लवदेब मिश्रले योग शिविरमा योग सिकाउनु भएको सो कार्यक्रममा पूर्व निर्वाचन आयुक्त निलकण्ठ उप्रेति, चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, मौलाकालीका मन्दिरका मुल पुजारी नेत्र प्रसाद पराजुलि, मनकामना मनिदरका मुल पुजारी इशान वहादुर थापा लगाएतको उपस्थिति रहेको थियो । करिव ८ लाखको लागमा संञ्चालन गर्न लागिएको सो कार्यक्रममा जिल्लाका १० हजार जनता सहभागि हुने संयोजक महतले जानकारी दिनु भयो । शनिवार आज देखि सुरु भएको शिविर २७ गते सम्म चल्ने छ । विहान ५ वजे देखि सुरु हुने सो सिविरमा मधुमेह, सुगरप्रेसर, ग्याष्ट्रिक, कव्जियत, नशा सम्वन्धि निशुल्क स्वास्थ्य परिक्षण गरीने आयोजकले जनाएको छ । चितवनमा तेस्रो पटक आयोजना गर्न लागिएको यो शिविरमा योग गरेर आफुलाई स्वस्थ राख्न चाहानेहरुलाई सहभागि हुन समेत आयोजकले आग्रह गरेको छ ।