चितवनमा स्ववियू निर्वाचन नभएकोमा अखिल क्रान्तिकारीको गम्भीर ध्यानार्कषण (भिडियोसहित)

सरस्वतीकुमारी शर्मा
चितवन, १८ फागुन । चितवनमा उम्मेदवारी दर्ता भईसकेका क्याम्पसहरुका समेत चितवनमा स्ववियू निर्वाचन नभएकोमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी चितवनले गम्भीर ध्यानार्कषण भएको जनाएको छ ।

 

थुप्रे विद्यार्थीहरुको त्याग, सर्मपण र बलिदानको जगमा स्थापित स्ववियूको निर्वाचनका दिन आईपुग्दा केहि संगठन र क्यामपस प्रशासनका कारण स्थगित हुने पराजित मनसिकताको उपज भएको आज नारायणगढको बालकुमारी कलेजमा आयोजित पत्रकार सम्मेलनमा अखिल क्रान्तिकारी चितवनका अध्यक्ष बसन्त आचार्यले बताए । 20170301_083636
स्ववियू निर्वाचन २८ बर्षे उमेर हद, मिश्रित निर्वाचन प्राणली जस्ता विशेषता अखिल क्रान्तिकारीले अघि सारेको अवस्थामा देशका विभिन्न क्याम्पससगै चितवनका सबै कयाम्पसरमा नेविसंघ, अखिल, अनेरास्ववियू क्रान्तिकारी, विप्लव र बैद्य लगायतका विद्यार्थी संगठनहरुले तालबन्दी गर्नु नै निर्वाचन नचाहेको प्रष्ट भएको सो अवसरमा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रिय सचिव प्रकाश कडेँलले बताए ।
चितवनको उम्मेदवारी दर्ता भईसकेका बीरेन्द्र बहुमुखी क्याम्पस, उमावी आर्दश शेरचन कलेज, माडी क्याम्पस, अरुणोदय कलेजसहितका क्याम्पसहरुका तालबन्दी गर्नु पनि पराजित मनसिकता भएको अखिल क्रान्तिकारीका जिल्ला ईन्चार्ज दिलिप पौडेलले बताए ।
सोहीमा अवसरमा अखिल क्रान्तिकारीका चितवनका अध्यक्ष वसन्त आचायर्ले तत्काल यस्ता गैर विद्यार्थी प्रवृत्तिको अत्त्य गर्दै निष्पक्ष स्ववियू निर्वाचनको वतावरण तयार गरि निर्वाचनको परिमाण स्वीकार गर्न सबै विद्यार्थी संगठनलाई अपिल पनि गरेका छ । भने तत्कालै निर्वाचन वातावरण बनाउन सरोकारवाल निकाय त्रिवि र क्याम्पस प्रशासनलाई आग्रह पनि गरेको छ ।