रेडक्रसको शाख मानविय सेवा

चितवन, १६ फागुन । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सभापति सञ्जीव थापाले सबैखाले विपत्तिमा मानवीय सेवामा जुटेर रेडक्रसले आफ्नो साखलाई उँचो बनाएको बताएका छन् ।
नेपाल रेडक्रस सोसाइटी चितवन शाखाको ४५ औँ अधिवेशनलाई सोमबार नारायणगढमा सम्बोधन गर्दै सभपाति थापाले नेपाल रेडक्रसले विपद् व्यवस्थापन, स्वास्थ्य प्रवद्र्धन, मानवीय सेवा र सांगठनिक सक्षमतालाई मुख्य प्राथमिकतामा राखेर काम गर्दै आइरहेको उनले जानकारी दिए । उनले रेडक्रसको साखकै कारण विपदमा उद्धारका बेला रेडक्रसको खोजी हुने गरेको विचार व्यक्त गरे ।
20170227_135908

यसैबीच, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले अन्नपूर्ण पोस्ट दैनिकका चितवन संवाददाता सूर्यप्रकाश कँडेललाई सम्मान गरेको छ । रेडक्रसका गतिविधिलाई आमसञ्चारमाध्यमबाट जनतामा पु¥याई उल्लेख्य योगदान गरेको भन्दै पत्रकार कँडेललाई सम्मानित गरिएको हो । समारोहका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापा, उपमहामन्त्री हरिप्रसाद न्यौपाने र जिल्ला सभापति ज्ञानशाली न्यौपानेले संयुक्तरुपमा पत्रकार कँडेललाई सम्मानपत्र, खादा र उपहारले सम्मानित गरेका हुन् ।
उद्घाटन समारोहमा रेडक्रसका चिकित्सकद्वय डा. माधवप्रसाद घिमिरे र डा. भोजराज अधिकारी, रेडक्रस चितवनका पूर्वसभापति सूर्यबहादुर मास्के, पूर्वसदस्य गणशेखर शर्मालाई समेत सम्मान गरिएको थियो । सोही अवसरमा संस्थामा कार्यरत कर्मचारी र रेडक्रसका विभिन्न उपशाखालाई पुरस्कार एवं प्रशंसापत्र वितरण गरिएको थियो ।
रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा केन्द्रीय उपमहामन्त्री हरिप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदी, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख विजयकुमार झा, नेपाली काँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।