सहिद स्मृति बाहेक १८ क्याम्पसमा यि हुन् नेविसंघका सभापतिका उम्मेदवार (को को हुने पुरा नामसहित)

चितवन, १५ फागुन । यहि फागुन १८ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्योलमा परिरहेका समयमा नेपाल विद्यार्थी संघ चितवनले जिल्लामा निर्वाचन हुने १२ वटा क्याम्पसहरुमा आफ्ना सभापतिको उम्मेदवारहरुको तय गरेको छ ।

उम्मेदवारी तय गरे संगै क्याम्पसहरुमा विद्यार्थीहरुले उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । जस अन्तर्गत आज विहान नेविसंघ कन्या कलेजले आफ्नो उम्मेदवारी घोषणा गरेको हो ।

कलजेमा देखिएको विवादको अन्त्य गर्दै विनिता चापागाई लाई स्ववियू सभापतिको उम्मेदवारको रुपमा ईकाईले अघि सारेको हो । यस्तै सचिवमा हालै मात्र ईकाई अध्यक्षको जिम्मेवारी पाउनु भएकि प्रनिसा गुरुङ्लाई अघि सारीएको छ ।
यस्तै नेविसंघले जिल्लामा रहेका १२ क्याम्पसहरुमा विरेन्द्र क्याम्पसमा प्रदिप गौतम, वालकुमारी क्याम्पसमा कपिल अधिकारी, सप्तगण्डकी बहुमुखी क्याम्पसमा राजेश भूषाल, अमावडी शेरचन दिव्यनगरमा तिर्थराज अधिकारी, सहिदस्मृति क्याम्पस सारदानगरमा दिनेश तामाङ, माडी वहुमुखी क्याम्पस माडिमा बिकास भूषाल,nebisangha जनआर्दश बहुमुखी कलेज विरेन्द्रनगरमा भूवन लामा, भूवानि शंकर क्याम्पस खैरहनीमा विक्रम प्रन्जीयार(थारु), अरुणदय गितानगरमा सर्मिला रेग्मी, अम्मर जनशक्ति पटिहानिमा सरोज ठकाल र शहिद स्मृति क्याम्पस टाँडीमा भने उम्मेद्धार को वनाउने भन्ने निश्चित भईसकेको छैन् ।तर सन्तोष दवाडीको नाम चर्चामा रहेको देखिन्छ ।