अखिल (क्रान्तिकारी) चितवनले स्ववियु उम्मेदवार घोषणा गर्यो

चितवन, १३ फागुन । विप्लब निकटको विद्यार्थी संगठनले चितवनमा स्ववियू निर्वाचन हुने क्याम्पसमा स्ववियु सभापतिको उम्मेदर घोषणा गरेको छ ।
शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि अखिल क्रान्तिकारीले चितवनको १२ वटा क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवार सार्वजनिक गरेको हो । अखिल क्रान्तिकारी जिल्ला समिति चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला संयोजक प्रेम चौधरीले भरतपुरको वीरेन्द्र क्याम्पसमा नन्दराम थापा, सप्तगण्डकीमा सुशन पौडेल, बालकुमारी कलेजमा कृष्ण भुषाल, मैयादेवी कलेजमा कोपिला भारती, माडीको सहिद स्मृति कलेजमा इन्द्र घिसिङ, वीरेन्द्रनगरको जनआदर्श कलेजमा सुजन तामाङ, भुवानी शंकर कलेजमा सुरज लामिछाने, माडी क्याम्पसमा धनन्जय महतो, अम्मर जनशक्ति कलेजमा अनिता हमाल, अरुणोदय कलेजमा सुनील पराजुली, सहिद स्मारक कलेजमा विशाल ढकाल, उमा बडी शेरचन कलेजमा बुद्ध तामाङले स्ववियू सभापतिमा उम्मेदवारी दिने जानकारी दिए ।
स्ववियु सभापतिका उम्मेदवार घोषणा कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष लालबहादुर तामाङले आफ्नो संगठनले चुनाव बहिस्कार गर्दैछ भनेर बाहिर हल्ला चलेकोले त्यो हल्ला चिर्नको लागि समेत जिल्लाभरीको एकमुष्ट रुपमा स्ववियु सभापतिको उम्मेदवार घोषणा गरिएको बताए । स्ववियु निर्वाचन हुने चितवनका सबै क्याम्पसमा आफूहरुको उपस्थिति रहेको छ भनेर देखाउनको लागि समेत सभापतिको उम्मेदवारी घोषणा गरेको उल्लेख गर्दै मनोनयनको दिनमा सबै पदका लागि उम्मेदवारी दिने तामाङको भनाइ थियो ।
अखिल क्रान्तिकारी स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको पक्षमा रहेको उल्लेख गर्दै तामाङले जुन सुकै हालतमा फागुन १८ गते स्ववियु निर्वाचन हुनुपर्नेमा जाड दिए ।

20170224_185237