नारायणी मोर्टस्ले लञ्च गरयो पल्सर १ सय ६० एन एसको नया मोडल

चितवन, १२ फागुन । नेपालमा सर्बाधक बिक्री हुने मोटरसाईकल ब्रान्ड बजाजले पल्सर १ सय ६० एन एसको नया मोडल बजारमा ल्याएको छ । नारायणी मोर्टस नारायणगढमा बिहीबार एक कार्यक्रममा बिच नेपाल अटो मेकानिकल टे«ड युनियन चितवनका सचिब कृष्ण आचार्य समाजसेवी पुरुषातम अर्याल तथा पत्रकार महासंघका पुर्ब सभापति जनक अर्यालले संयुक्त रुपमा उद्धघाटन तथा सो मोटरसाईकलको लन्च गर्नुभएको थियो ।palsor

पल्सर १ सय ६० एन एस मोटरसाईकलको स्पोर्ट सेग्मेन्टमा नया आयम थप्नको लागि यो डिजाईन गरिएको र यसले ग्राहकलाई नया जोश जागरको अनुभुति दिने नारायणी मोर्टस नारायणगढका संचालक बाल गोपाल चुकेले बताउनुभयो । साथै उहाले यसले यो भन्दा पहिले २००१ मा लन्च भए देखी नै आधुनिक एवम पृथक डिजाईन र उत्कृष्ट परफमेन्सको लाग परिचीत भएको बताउनुभयो ।Palsar

पल्सर १ सय ६० एन एस मोटरसाईकलमा १ सय ६० सि सि डिटीयस आई ईन्जिनले दिने १५.५ पि एस पावरले धेरै यात्रा गर्नेको लागि पनि सहयोगी हुने नारायणी मोर्टस नारायणगढका संचालक चुकेले उल्लेख गर्नुभयो ।polasrr

साथै यस पल्सर १ सय ६० एन एस मोटरसाईकलमा नाइट्रोक्स सन्स्पेन्सन भएको मोनो सक, हाइड्रोलिक डिक्स ब्रेक, डिजीटल मीटर, डि आर एल लाइटिङ, ओइल कुल्ड जुनुकै अबस्थामा पनि कुलिङ क्षमतामा सुधार ल्याउन सक्ने बिशेषताहरु रहेको संचालक चुकेले जानकारी दिनुभयो । उहाले यो पल्सर १ सय ६० एन एस बिभिन्न रङहरुमा उपलब्ध रहेको समेत बताउनुभयो ।