बजारका पेटोल पम्पहरुमा अनुगमन, सबै पम्पमा तेल छ

प्रकाश सिग्देल
चितवन, १२ फागुन । जिल्ला प्रशासन कार्यालय चितवनले बजारका पेटोल पम्पहरुमा अनुगमन गरेको छ । भरतपुरको गोन्द्रागं देखी रामनगर सम्मका १३ बटा पम्पहरुमा अनुगमन गरेको थियो ।Pomp Anugaman

अनुगमनका क्रममा सबै जसो पम्पहरुमा तेल भएको भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओम नारायण शर्माले बताउनु भयो । पम्पहरुले तेल लुकाएर सर्वसाधारणलाई नदिएको गुनासो बढेपछी गरिएको अनुगमनका सबै पम्पहरुबाट तेल बितरण भईरहेको पाईएको र अधिकाम्स पम्पहरुमा स्टक तेल रहेको उहाले बताउनु भयो ।

केहि पम्पहरमा डिजेलको मात्रा भने केहि कम पाईएको तर साझ सम्ममा सबै पम्पहरुमा तेल आउने क्रममा रहेकाले बजारमा पेटोलियम पदार्थको अभाव सृजना नहुने उहा बताउनु हुन्छ । तराई बन्दको हल्ला चलेलगतै तेलको अभावहुने भन्दै सर्वसाधारणहरु पम्पमा लाईनबस्न थालेपछि तेलको अभाव सृजना हुने अवस्था सृजना भएको हो ।

आफुहरुले सबै पम्पमा पुगी उनिहरुको स्टगको मात्रा जाच गरेकाले जिल्लामा तेलको समस्या नहुने र ब्यापारीले लुकाएर राल्ने अवस्था समेत नभएकाले तेल भर्न लाईनमा बस्नु नपर्ने उहा बताउनु हुन्छ । प्रयाप्त मात्रामा तेल भउको र आउने क्रम पनि चलिरहेकाले अनाबस्यक तेल घरमा लगेर स्टक नर्गन प्रसासन कार्यालयको आग्रह छ । त्यस्तै अनुगमन टोलीले ग्यालिन तथा ड्ममा तेल नदिन पनि पम्पहरुलाई भनेको छ ।