पर्यटक बोक्ने हात्तीको आक्रमणबाट स्वयम् माउते गम्भीर घाईते

राजेन्द्र आचार्य
चितवन, ११ फागुन । पर्यटकीय नगरी सौराहामा पर्यटक बोक्ने हात्तीको आक्रमणबाट स्वयम् माउते गम्भीर घाईते भएका छन् ।
दुई देखि हराएको हात्ती बाघमारा मध्यवर्ती सामुलायिक वन अगाडीको चौरमा देखिपछि हात्तीलाई नियन्त्रणमा लिन जादा माउत माडी वनकठ्ठाका २९ बर्र्षीय लक्ष्मण बोटे गम्भीर घाईते भएका हुन् ।bbbb उनको अहिले भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।
स्थानिय ओम रिजालको रामु नाम गरेको भाले हात्तीले माउतेलाई तल झारेर किचेर गम्भीर एउटा हात भाचिएको र टाउको गम्भीर चोट लागेको हात्तीका साहु रिजालले बताए । साथै हात्ती पुन जंगल तिर भागेकोले डाट गरेर नियन्त्रणमा लिन एक टोली समेत परिचान गरिएको छ । यसअघि पनि गतसाल सौराहामा यसरी हात्तीको आक्रमणबाट दुई बर्ष अगाडी एक माउतेको ज्यानै गएको थियो ।