क्यान्सर पिडितलाई माओवादी केन्द्रको सहयोग

धु्रवराज खनाल,
चितवन, १० फागुन । ब्लड क्यान्सर पिडित रत्ननगर १३ की रश्मी पाण्डे खनाललाई नेकपा माओवादी केन्द्रले आर्थिक सहयोग गरेको छ । नेकपा माओवादी केन्द्रले रत्ननगर ९ र १३ का आफ्ना कार्यकर्ताहरुसंग उठाएको १ लाख ३२ हजार पाँच सय ५० रुपैया क्यान्सर पिडित खनालको उपचारका लागि सहयोग गरेको हो ।16810542_1364450196963197_831480254_o

रत्ननगर १३ जयमंगला स्थित श्रीराम संस्कृत गुरुकुलममा एक कार्यक्रमकाबीच नेकपा माओवादी केन्द्र रत्ननगरका सहइन्चार्ज राजु अम्गाईसहित केन्द्रका रत्ननगर ९ र १३ का पदाधिकारीहरुले रश्मीका बुवा नारायण प्रसाद खनाललाई वैंकमा रकम जम्मा गरेको भौचर हस्तान्तरण गरे ।

सहयोगका लागि रश्मीका बुबाको नाममा हिमालयन वैंकमा खाता खोलिएको छ । घरको आर्थिक अवस्था कमजोर भएको र चल अचल सम्पत्तीले पनि उपचार सम्भव नभएपछि सहयोग जुटाएर हस्तान्तरण गरिएको नेकपा माओवादी केन्द्र रत्ननगरका सहइन्चार्ज राजु अम्गाईले वताए ।

सहयोग रकम ग्रहण गर्दै रश्मीका बुवा नारायण खनालले आफ्नी छोरीको उपचारमा सहयोग गरिदिन सवैलाई आग्रह गरेका छन् । रश्मीको बोन म्यारो ट्रान्सप्लान्टका लागि ५० लाख भन्दा वढि रकम लाग्ने डाक्टरले वताएको उनका बुबा नारायण खनालले वताए ।

रश्मीकै उपचारका लागि यसअघि रत्ननगरका व्यवसायी राजाराम रेग्मी र इन्द्रवहादुर श्रेष्ठको नेतृत्वमा ४२ हजार रुपैया संकलन गरेर सहयोग गरिएको थियो । ३० वर्षिया रश्मीको हाल भारत स्थित बि.एल के सिटी इस्पेलिस्ट अस्पतालमा उपचार भई रहेको छ । चितवन र काठमाडौमा उपचार सम्भव नभएपछि उनलाई भारत लगिएको हो । गएको मंसीरमा रश्मीलाई ब्लड क्यान्सर भएको पत्ता लागेको थियो ।