सेनाद्धारा मन्दिर सरसफाई
चितवन, १० फागुन । चितवनको भरतपुरमा रहेको दि फेमस महिन्द्र दल गणले मन्दिर सरसफाई गरेको छ ।
महाशिवरात्री तथा सेना दिवसको अवसरमा पारि भ.उ.न.पा.–१२ नौरङ्गे स्थित धनेश्वर महादेश मन्दिर परिसरमा सरसफाई गरेको गणले एक विज्ञप्ती जारी गर्दै जनाएको छ । सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत उक्त सरसफाई गरिएको सेनाको भनाई छ ।
गणका ७५ जना सेनाहरुको उक्त सरसफाईमा सहभागी रहेको गणले जनाएको छ ।