भरतपुर अस्पतालको भाडामा दिइएको खाली जग्गा फिर्ता गर्नुपर्ने सरोकारवालाहरुको माग

कुल काफ्ले
चितवन, १० फागुन । भरतपुर अस्पतालको गुरु योजना कार्यान्वयनका लागि भाडामा दिइएका खालि जग्गा फिर्ता गर्नुपर्ने सरोकारवालाहरुले वताएका छन् । भरतपुर अस्पताल विकास समितिले बुधबार आयोजना गरेको भरतपुर अस्पतालको वर्तमान अवस्था र नयां गुरु योजना तर्जुमा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्ने सरोकारवालाहरुले यस्तो वताएका हुन् ।Bharatpur hospital

कार्यक्रममा बोल्दै व्यवस्थापिका संसदका सदस्य एवं नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले अस्पतालको जग्गा भाडामा लिएका निजी पक्षसंग द्धिपक्षीय सहमतिका आधारमा जग्गा फिर्ता गर्नुपर्ने वताए ।

अस्पतालको नयां गुरुयोजना कार्यान्वयनका लागि मेडिकल कलेज, सिटिईभिटि लगायत निजी संस्थाले भाडामा लिएका खालि जग्गा भरतपुर अस्पतालले प्रयोग गर्न सक्ने उनले वताए ।

भरतपुर अस्पतालको नयां गुरुयोजनामा अस्पतालमा नयां सि ब्लक भवन निर्माण र ५ बर्ष भित्रमा १ हजार शैयाको केन्द्रिय रिफरल अस्पतालका रुपका विकसित गर्ने योजना लिइएको छ ।

त्यस्तै अस्पतालमा प्रसुतिहरुको चापमा एकदमै बृद्धि हुंदै गएकोले छुट्टै भवन बनाउनुपर्ने देखिएको छ । नयां गुरुयोजना निर्माणका लागि झण्डै २५ करोड रुपैंया लाग्ने अस्पताल विकास समितिले अनुमान गरेको छ ।

व्यवस्थापिका संसद सदस्य पोखरेलले गुरु योजना निर्माणका लागि मध्वाधिमा बचत भएको रकम र भावी योजना समेतको आधारमा स्वास्थ्य मन्त्रालयमा पहल गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार मध्यावधि रिभ्यु सम्पन्न भएको भन्दै उनले थुप्रै रकम कार्यान्वयन हुन बांकी रहेको जानकारी दिए ।
कार्यक्रममा इन्जिनियर दामोदर आचार्यले नयां गुरुयोजनाको भौतिक संरचनाबारे प्रस्तुतिकरण गरेका थिए । विरामीहरुलाइ विश्वसनिय र गुणस्तरिय स्वास्थ्य सेवा प्रदानका गर्नका लागि नयां गुरु योजनामा अस्पताल भित्रै चिकित्सकहरुको लागि आवासको व्यवस्था गरिने वताइएको छ ।

नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले भरतपुर अस्पतालले तयार पारेको नयां गुरुयोजना कार्यान्वयनका लागि राजनितिक पार्टिका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मेडिकल सुपरिटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले सरकारी अस्पतालमा विरामीहरुलाइ आकर्षण गराउनका लागि ३ सयको टिकटलाइ ५० रुपैंयामा झार्ने कसरत भइरहेको जानकारी दिए । भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख डा. विजय पौडेलले गूरु योजना कार्यान्वयनका लागि सर्वप्रथम अस्पतालको स्तर निर्धारण गर्नुपर्ने वताए ।

त्यस्तै अस्पतालमा प्रविधियुक्त ओपिडि र आकस्मिक भवन अत्यावश्यक रहेको भन्दै उनले ढल व्यवस्थापन र विरामीहरुका लागि गुणस्तरिय क्यान्टिनको व्यवस्थापन गर्नुपर्ने जानकारी दिए ।

त्यस्तै अस्पतालका कर्मचारी रामहरि ढकालले चिकित्सक एवं कर्मचारीहरुलाई तलव खुवाउनका लागि विरामीहरु संग चर्काे शुल्क बृद्धि गरिएको भन्दै आम्दानिको नयां स्रोतको खोजि गर्नुपर्ने वताए ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका पुर्व अध्यक्ष विजय सुवेदि, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम, भरतपुर उपमहानगरपालिकाका कार्यकारी प्रमुख महेश बराल लगायतको सहभागिता रहेको थियो ।