नवनिर्वाचित अध्यक्ष थापाका तीन एजेण्डा

 

काठमाडाै‌, ९ फागुन । राप्रपाका नवनिर्वाचित अध्यक्ष कमल थापाले आफ्ना तीन एजेण्डा सार्वजनिक गरेका छन् ।

निर्वाचन स्थल भृकुटीमण्डप काठमाडौंमा जितपछि कार्यकतालाई सम्बोधन गर्दै थापाले आफ्ना एजेण्डा सार्वजनिक गरेका हुन् ।kamala thapa

उनले पहिला हिन्दु राज्य र राजसंस्था पुनस्र्थापना गर्ने, राप्रपालाई ठूलो पार्टी बनाउने र त्यसपछि आफ्नै नेतृत्वमा सरकार बनाउने बताए ।

निर्वाचन एउटा लोकतान्त्रिक पद्दति भएको भन्दै थापाले पार्टीमा गुटबन्दी हुन नदिने बताए ।
‘पार्टीमा सबैको भावनाको सम्मान हुन्छ’, थापाले भने । थापाले स्थानीय चुनाव तत्काल घोषणा गर्न सरकारसँग माग गर्दै थापाले भने, ‘यसको पहिलो स्वागत राप्रपाले गर्नेछ ।’