तीन पत्रकार संगठनको महासंघमा ४बुदेँ ध्यानार्कषण (पुरा विज्ञप्तीसहित)

चितवन, ०९ फागुन  । नेपाल पत्रकार महासंघ चितवन शाखाको पछिल्ला गतिविधिप्रति पत्रकार सम्बद्ध तीन संगठनले  गम्भीर ध्यानार्कषण भएको जनाएका छन् ।
नेपाल प्रेस युनियन चितवन, प्रेस सेन्टर चितवन र क्रान्तिकारी पत्रकार महासंघ चितवनले संयुक्त रुपमा  ध्यानार्कषण पत्र वुझाएका हुन् । पत्रकार महासंघ चितवन शाखाको सभाहलमा आयोजित एक समारोहका विच पत्रकार महासंघका अध्यक्ष हरिप्रसाद पोख्रेरललाई प्रेस युनियन चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवाली र क्रान्तिकारी पत्रकार महासंघ चितवनका अध्यक्ष सूर्य बरालले संयुक्त रुपमा ध्यानार्कषणपत्र हस्तान्तरण गरेका थिए ।fnj ko
चार वुदे ध्यानाकर्षण पत्रमा नेपाल पत्रकार महासंघ चितवनले हाल सिफारिस गरेका सदस्यहरु मध्ये केहिको मुख्य पेशा पत्रकारितामा नरहेको हुदाँ त्यसलाई वदर गरि पुन ः सिफारिस गनुपर्ने, छुटेका क्रियाशिल पत्रकारहरुलाई समेत समावेश गर्नुपर्ने, शुद्धीकरणमा ध्यान दिदै मुख्य पेशा पत्रकारिता नभएकाहरुको नविकरण गर्न नहुने र नेपाल पत्रकार महासंघको रत्ननगर चितवनमा भएको केन्द्रिय साधारण सभा र महासंघ चितवनको भवन निर्माणको हिसाबकिताब सार्वजनिक गर्नुपर्ने रहेको छ ।
त्यस्तै पत्रकार महासंघ चितवन शाखाले शुद्धिकरणमा ध्यान नदिएको कारण केहि कृयाशिल पत्रकारहरु बाहिर रहेकोमा उनीहरुको माग संगसंगै पुरा गनुपर्ने पत्रमा उल्लेख छ । कार्यक्रममा वोल्दै नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी,प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवाली र क्रान्तिकारी पत्रकार महासंघ चितवनका अध्यक्ष सुर्य वरालले नेपाल पत्रकार  पूर्वाग्राहि ढङ्गले महासंघको बिधान,बिधि र प्रकृया मिचि मनोमानी रुपले उपलब्ध गराएको सदस्यता र नबिकरण प्रकृया प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै माग पुरा नभए चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिए ।
महासंघले गर्ने सवै कार्यक्रमहरुमा क्रियाशिल पत्रकारहरुको सहभागिता गराएर ध्यानाकर्षणमा पेश गरेका माग पुरा गरी तोकिएकै मितिमा अधिवेशन गर्न उनीहरुले माग गरेका छन् । यस्तै ध्यानाकर्षणपत्र बुझ्दै पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोख्रेरलले तीनवटा संगठनले राखेका मागहरु जायज भएकोले पुरा गर्न प्रयाश गर्ने प्रतिवद्धता जनाए ।

श्री अध्यक्षज्यू,                                                                                                                                  मितिः२०७३/११/०९
नेपाल पत्रकार महासंघ,चितवन
                                                                                 ध्यनाकर्षण
आम पत्रकारहरुको साझा संस्था पत्रकार महासंघ चितवन शाखाको पछिल्ला गतिविधि प्रति हाम्रो गम्भीर ध्यानार्कषण भएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाले महासंघको आसन्न अधिबेशनलाई ध्यानमा राखेर पूर्वाग्राहि ढङ्गले महासंघको बिधान, बिधि र प्रकृया मिचि मनोमानी रुपले उपलब्ध गराएको सदस्यता र नबिकरण प्रकृया प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघले हाल उपलब्ध गराएको सदस्यतामा कृयाशिल पत्रकारहरुलाई सदस्यता नदिईनु, आस्थाका आधारमा सदस्यता बितरण हुनु र पत्रकारिता पेशामा आवद्ध नभएकाहरुलाई सदस्यता उपलब्ध गराउनु हाम्रा लागि स्वीकार्य छैन । यसै बिच नेपाल पत्रकार महासंघ चितवन शाखाले अपारदर्शी ढङ्गबाट मनोमानी रुपले गरेका सम्पूर्ण कृयाकलाप प्रति हाम्रो आपत्ती छ । महासंघ चितवनको यो रबैयाले आफ्नो साझा चरित्र गुमाएको हाम्रो ठम्याई हो ।
अतः हामीले उठान गरेका तपशिलका मागहरुको सम्बोधन गरी समयमै अधिवेशन गर्न आग्रह गर्दछौं अन्यथा हामी कडा आन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छौ ।fnj bigapti
हाम्रा मागहरु यस प्रकार छन् :
१. नेपाल पत्रकार महासंघ चितवनले हाल सिफारिस गरेका सदस्यहरु मध्ये केहिको मुख्य पेशा पत्रकारितामा नरहेको हुदाँ त्यसलाई वदर गरि पुन : सिफारिस गर्ने र छुटेका क्रियाशिल पत्रकारहरुलाई समेत समावेश गर्नुपर्ने ।
२. शुद्धीकरणमा ध्यान दिदै मुख्य पेशा पत्रकारिता नभएकाहरुको नविकरण गर्न नहुने ।
३. नेपाल पत्रकार महासंघको रत्ननगर चितवनमा भएको केन्द्रिय साधारण सभा र महासंघ चितवनको भवन निर्माणको हिसाबकिताब सार्वजनिक गर्नुपर्ने ।
४. नेपाल पत्रकार महासंघ चितवन शाखाले शुद्धिकरणमा ध्यान नदिएको कारण केहि कृयाशिल पत्रकारहरु बाहिर रहेकोमा उनीहरुको माग यससगैँ सम्बोधन गनुपर्ने ।

नारायण अधिकारी                                             प्रकाश ज्ञवाली                                                              सूर्य बराल
(अध्यक्ष)                                                           (अध्यक्ष)                                                                        (अध्यक्ष)
नेपाल प्रेस युनियन, चितवन                प्रेस सेन्टर नेपाल, चितवन                                                   क्रान्तिकारी पत्रकार महासंघ चितवन
बोधार्थ :
नेपाल पत्रकार महासंघ केन्द्रिय समिति, काठमाडौँ
नेपाल प्रेस युनियन, केन्द्रिय समिति, काठमाडौँ
प्रेस सेन्टर नेपाल, केन्द्रिय समिति, काठमाडौँ
क्रान्तिकारी पत्रकार महासंघ, केन्द्रिय समिति, काठमाडौँ