नेपालको पहिचानका लागि गौमाताको संरक्षण

सृजना अर्याल 
चितवन, ०६ माघ । गौ माताको संरक्षणले मात्र नेपालको पहिचान संरक्षण सम्भव हुने सांसद गीता वाग्लेले बताएकी छन् ।
नारायणी नदी किनारमा जारी विराट् गोरक्ष महायज्ञमा मन्त्यवदिदै सांसद वाग्लेले वैदिक गाईहरु लोपन्मुख अवस्थामा आइसकेकोले यसको संरक्षण गर्नु हरेक नेपालीको दायित्व भएकोे बताएकी हुन् । गाई संरक्षणसँगै नेपालका नदीनाला तथा धार्मिक स्थलहरुको संरक्षण तथा प्रचारप्रसार हुननसकेकोमा समेत सांसद वाग्लले चिन्ता प्रकट गरिन् । IMG_0792
पछिल्लो समय गाईको हत्या गरी हिन्दू धर्मको उपहास गरिएकोले गाईको संरक्षण गर्न महायज्ञ आयोजना गरिएको हो ।नेपालका गाईहरुको विश्वमा नै उत्कृष्ट महत्व रहेको बताउनु हुदै गाई को संरक्षणका लागि कोष स्थापना गर्ने उदेश्यले महायज्ञ आयोजना गरेको संयोजक पदमराज पान्डेले जानकारी दिनुभयो । महायज्ञबाट संकलन भएको रकमले स्थानीय जातिका वैदिक गाईको संरक्षणका लागि गौ सेवा कोष स्थापना गर्ने उद्देश्य राखिएको छ । महायज्ञ अवधिभरी गौ महिमा र गौ महात्मामा आधारित गौ कथावाचन भइरहेकोले उपस्थित भएर श्रवण गरी पूण्य लाभ गर्न समेत आयोजकले सबैमा आग्रह गरेको छ । received_10209224207744799 20170217_151600
। महायज्ञबाट वैदिक गाईको संरक्षण गर्ने निति, कार्यक्रम एवम् कार्ययोजना तर्जुमा गरी सम्पादन र कार्यान्वयन गरिने आयोजकको योजना छ । महायज्ञको अवसरमा बिहीबार साहित्यकार तथा बालकुमारी उच्चमाविकी पूर्वप्राचार्य सरस्वती रिजाल, साहित्यकार श्रीभक्तअच्युतवाग्लेलगायतको सहभागिता रहेको थियो । सो कार्यक्रममा भजनगायक रशेम सापकोटाले पनिआफ्नो प्रस्तुतिरु दिएका थिए । महायज्ञमा भागवत कथा वाचक दिपक सापकोटाले भक्तिमय प्रवचन गरेकाछन् भने बालयोगी सोमराज जी महाराजले पनि गौ महात्म्य वाचन गरेका छन् ।
महायज्ञमा योगदान एवं विशेष दान सहयोग गर्ने व्यक्ति एवं संघसंस्थाहरुको फोटो सहितको ऐतिहासिक पुस्तक प्रकाशन गरिने वताइएको छ । मह्ँयज्ञ महाशिव राात्रीको दिन सम्म चल्ने छ ।