नवलपरासी  काग्रेसको कार्यसमितिले लामो समयपछि पुर्णता पायो 

परासी फागुन ०६ । लामो समय देखि पुर्णता पाउन नसकेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले पुर्णता पाएको छ । जिल्ला कार्य समितिकिो आजको बैठकले कार्यसमितिलाई पुर्णता दिएको हो । नेपाली काँग्रेसका जिल्ला सभापति बिष्णु लामिछानेले आजको बैठकमा बाकिँ रहेका पदमा मनोनित गरी कार्यसमितिलाई पुर्णता दिनुभएको हो ।nc11 सभापति लामिछानेले कार्यसमितिलाई पुर्णता दिनका लागि उपसभापति, सचिव र सहसचिवमा तिन जना जिल्ला सदस्यहरुलाई मनोनित गर्नु भएको जानकारी दिनु भएको छ ।
पार्टीको उपसभापतिमा अर्जुन कुमार पोख्रेल, सचिवमा बाल कृष्ण घिमिरे र सहसचिवमा शिवशंकर रायलाई मनोनित गर्नु भएको बताउनुभयो । लामो समयदेखि पार्टीले बिभिन्न कारणले गर्दा कार्यसमितिलाई पुर्णता दिन सकेको थिएन तर पार्टीको आज बसेको बैठकले सर्वसम्मत रुपमा कार्यसमितिलाई पुर्णता दिएको हो ।