पूर्व संसाद थापाले पुरा गरे चुनाव प्रतिवद्धका योजनाहरु (कहाँ कति विकासे वजेट हेरौ पूर्णपाठसहितको योजनाको रकमसहित )

राजेन्द्र आचार्य
चितवन, ०६ माघ । पूर्व संसाद रामबहादुर थापा बादलले चितवन क्षेत्र नं. २ मा झण्डै २५ करोड …लाख रुपैया बराबरको स्थानिय विकासको वजेट निकासा गरेका छन् ।
तत्कालीन माओवादीका महासचिव समेत रहेका बादलले आफू पूर्वी चितवन क्षेत्र नं. २ मा आफुहरुले पेश गरेको योजनाहरुलाई खर्च गर्ने अख्तीयार पाएपछि आफुले चुनावी नारा बनाएका योजानाहरु बारेमा जानकारी गराएका हुन् । badal
चुनावी प्रतिवद्धता अनुसार थापाले १० लाख रुपैया देखि ५५ लाख रुपैयाँ सम्मका विकास योजनाहरुका लागि अर्थ मन्त्रालयबाट रकम निकासा भएको जानकारी समेत दिएका छन् ।
“लामो संघर्षका साथ हामी संसदीय व्यवस्थामा आएका थियौँ उनले भने । जनताका चाहाना अनुसार धेरै योजनाहरु आएपनि आवश्यकतालाई हेरि पूर्वी चितवन अन्र्तगत पर्ने क्षेत्र नं. २ मा चुनावी प्रतिवद्धताका अनुसारका योजना पारि काम गर्ने अख्तीयारी जिविस चितवनमा मार्फत हुनेछ । ”
बादलले पूर्वी चितवनमा रनपामा कर्भड हल, सहिद स्मृति पार्क टिकौली, रनपा ९ र १३ का सुकुम्वासी वस्तीमा सामुदायिक आवास तथा भवन निर्माण, खैरहनीमा खेलकुद मैदान र फन पार्क, उपरदाङ्गगढी पदैल मार्ग निर्माण, जुटपानी सिचाई र कुलो मर्मत, पदमपुरमा व्यवस्वथित खानेपानी लगायतका योजनाहरुमा ५५ लाख रुपैयाका दरले रकम विनियोजन गरेको बताए । भने अन्यमा बाटोघाटो निर्माण, विद्यालय सुधार, ताल संरक्षण, पशुपालन, क्षमता विकास तालिम, बाख्रापाल, माछा पालन, कखरा पालन सहयोग लगायतका योजनाहरु समेत रहेका छन् ।

यस्तै चेपाङ्ग छात्रावास सहयोग, थारु संस्कृति संरक्षण तटबन्धका कामहरुले समेत योजनामा प्रथामिकता पाएका छन् ।
पूर्व रक्षा मन्त्री समेत रहेका थापाले स्थानिय मन्त्रालय हुदै अर्थ मन्त्रालयमा पेश गरेको ४५ योजनाहरुमा वजेट परेको र अझै अन्य योजनाहरु आउने क्रममा रहेको समेत बताए ।16804813_1405924822782652_948526815_o
“म जनताको नै प्रतिनिधि हो उनले भने । धेरै योजनाहरु विस्तारै आउने छन् । जनताको मत मलाई यि विकास निर्माण पुरा गर्न जिताएका थिए, मैले सेकेको गरेको छु ।”अब यि विकासे काममा कडा निगरानी साथ तपाईहरुले सम्पन्न गर्नुपर्छ ।
थापाले पारेका ४५ वटा योजनाहरु यस प्रकार रहेको छ । हेरौँ काहाँ कति वजेटका योजनाहरु छन् । पुरा योजनाहरु :

20170216_184638

20170216_184654