कुखुरा व्यवसायी संघमा भीमनारायणको नेतृत्व

चितवन , फागुन ६ । कुखुरा व्यवसायी संघ पूर्वी चितवनको अध्यक्षमा भीमनारायण श्रेष्ठ चयन भएका छन । संघको पाँचौ बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 16805257_1603689552979536_1602538475_oसमितिको उपाध्यक्ष द्रोणप्रसाद लामिछाने,महासचिव राममणि थपलिया,सचिवमा पुरु खनाल र कोषाध्यक्षमा युवराज पाठक रहेका छन ।

16810296_1603688542979637_1631783640_o 16805438_1603772459637912_2058775606_o

समितिको सदस्यहरुमा परशुराम अधिकारी,सिताराम डल्लाकोटी,मथुरा थापा,दिपेश्वर केसी,महेश पाण्डे,प्रकाशमणि सापकोटा,रामचन्द्र दवाडी,भवानी न्यौपाने,विनोद अधिकारी,मेनुका थापा, देबराज अधिकारी र निर्वतमान अध्यक्ष रघुनाथ भट्ट रहेका छन । सो अबसरमा पूर्वी चितवन पत्रकार मञ्च र रत्ननगर नगरपालिकालाई सम्मान गरिएको थियो । मध्यमाञ्चल क्षेत्रीय प्रशासक शम्भू कोइराला कार्यक्रमको प्रमुख अतिथि रहेका थिए ।