दारेचोकमा रेबिज लागेको कुकुरको आतंक

चितवन, ०४ फागुन । चितवनको पहाडी गावस दारेचोकमा रेबिज लागेको कुकुरले आतंक मचायको छ।गाबिसको चुम्लिङटारमा स्थानिय एक बहादुर गुरुङ ले पालेको कुकुर हिजो बाट आक्रमक बन्दै जे भेट्यो त्यसैलाइ टोक्दै हिड्न थाले पछि स्थानिय त्रसित बनेकाहुन। एक्कासि हिजो बाट आक्रमक बनेको कुकुरले जानकारीमा आय अनुसार अहिले सम्म ४ जनालाइ टोकेको छ।darchowk

साथै स्थानिय अधिकांस कुकुर लाई र गोठमा बाधिराखेको थुप्रै घरपालुवा पशु लाई पनि टोके पछि स्थानिय थप चिन्तित बनेका हुन। केही दिन अगाडि पनि स्थानिय सन्तोश गुरुङले पालेको कुकुरयस्तै लक्षण देखायको केही दिनमै आफै मरेको त्यसै गरि हिजो मात्र अर्का स्थानिय चन्द्रमणी सापकोटाको गाई ३ दिन सम्म एकोहोरो करायर रेबिज कै लक्षण देखाइ मरेको र आतंक मचाउने कुकुरको लक्षण हेर्दा सतप्रतिसत रेबिज लागेको हुन सक्ने इलाका पशु सेवा केन्द्र मुग्लिङ बाट आयको केशर थापा सहितको टोलिले निर्क्योल गरि थप सतर्कता र सुरक्षाको लागि जिल्ला सङ कोर्डिनेसन गर्ने जानकारी दिनु भयो।रेबिज अत्यन्त गम्भीर किसिमको रोग भयर पनि जनचेतनाको अभाब मा स्थानियले यस्लाइ सामान्री रुपमा लिने गरेका छन।