क्लाइमेट्स नेपालले थाल्यो औपचारिक काम

करुणा देवकोटा
चितवन, ३ फागुन । नेपालमा जलवायु परिवर्तन सम्बन्धी अभियानको सुरुवात गर्न क्लाईमेट्स नेपाल संस्थाको मंगलबार औपचारिक उद्घाटन गरिएको छ ।
जलवायु तथा वातावरणको क्षेत्रमा मानिसहरुलाई सचेत गराउन संस्थाले टेवा पु¥याउने उद्देश्य सहित संस्थाको स्थापना गरिएको हो । कृष्ण न्यौपानेको अध्यक्षतामा ११ जनाको कार्यसमिति छनौट गर्दै क्लाईमेट्स नेपालको औपचारिक उद्घाटन गरिएको हो । जसको उपाध्यक्षमा अस्मिता अर्याल, सचिवमा किस्मत प्रसाईं, कोषाध्यक्षमा अभिशेक निरौला चयन भएका छन् ।
यस्तै, कानुनी संयोजकमा प्रमिसा थपलिया, सामाजिक सहजकर्ताको रुपमा प्रयास अधिकारी, शशक्तिकरणका लागि संयोजकमा भरत अधिकारी, पब्लिक रिलेशन अफिसरमा विशाल कोइराला, कला संयोजकमा रेखा थापा, वेब तथा सामाजिक सञ्जाल संयोजक भुवन गिरी र सम्पादकमा हेमराज कठायत चयन भएका छन् । क्याईमेट्स इन्टरनेशनलको शाखाको रुपमा नेपालमा स्थापना भएको यस संस्थाले वातावरणमैत्री क्रियाकलापको लागि अग्रसर हुंदै युवाहरुलाई वातावरणको क्षेत्रमा आवद्ध हुन प्रोत्साहन गर्दछ ।
क्लाईमेट्स इन्टरनेशनलकी उपाध्यक्ष तथा क्लाईमेट्स नेपालीकी संस्थापक विन्दु भण्डारीका अनुसार जलवायु परिवर्तनको क्षेत्रमा काम गर्न चाहाने युवाहरुको लागि पनि क्लाईमेट्स नेपालले विभिन्न अवसरहरु प्रदान गर्नेछ । स्वस्थ वातावरणले मानिसको रहनसहन स्वस्थ राख्न मद्यत पुग्ने भए पनि विभिन्न बाहानामा वातावरणलाई हानी पु¥याउने क्रियाकलापहरु भइरहेका छन् । मानिसबाट नै हुने त्यस्ता क्रियाकलापका कारण मानिसहरुको औसत आयु घट्दै गइरहेको छ भने विभिन्न रोगहरुको शिकार समेत हुनु परेको छ ।
कार्यक्रमको औपचारिक उद्घाटन समारोहमा बोल्दै गैर सरकारी महासंघ चितवनमा अध्यक्ष केशव आचार्यले वतावरणको क्षेत्रमा काम गर्नुका साथै संस्थामा आवद्ध युवाहरुको नेतृत्व विकासमा पनि काम गर्न आग्रह गरेका छन् । जलवायु परिवर्तनका लागि घरबाट नै सुरुवात गर्न आवश्यक रहेको भन्दै स साना कुराहरुमा पनि जनचेतना जगाएर वातावरणमैत्री कार्यमा अग्रसर हुन आचार्यले आग्रह गरेका छन् ।
सो अवसरमा नेपाल फ्रेण्डसिप सोसाईटीका अध्यक्ष विरेन्द्र पौडेल, मिलिनियम कलेजका क्याम्पस प्रमुख इश्वराज पण्डित, क्लाईमेट्स इन्टरनेशनलका कम्युनिटि म्यानेजर तथा स्किल कोओर्डिनेटर दिपक घिमिरे, बेटर चितवन अभियानका सागर कार्की, बाल अधिकारकर्मी विपना शर्मा, लगायतले बोलेका थिए । यसैबिच, संस्था औपचारिक उद्घाटन पुर्व नै आयोजना गरिएको फोटो प्रतियोगिताका विजयीहरुलाई पनि मंगलवार पुरस्कार वितरण गरिएको प्रतियोगिताकी संयोजक उपाध्यक्ष अस्मिता अर्यालले जानकारी दिएकी छन् ।
प्रतियोगितामा पब्लिक च्वाइस अन्तर्गत प्रतिक्षा पराजुली तथा क्लाईमेट्स इन्टरनेशलको जुरीको निर्णय अनुसार नवराज गिरी विजयी भएका छन् । कार्यक्रम क्लाईमेट्स इन्टरनेशनलकी उपाध्यक्ष तथा क्लाईमेट्स नेपालीकी संस्थापक विन्दु भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।