केन्द्रीय समितिलाई चितवनमा सम्मान

चितवन, ३ फागुन । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय समितिमा निर्वाचित भएका चितवनका ६ जना प्रतिनिधिहरुलाई जिल्ला कार्य समिति चितवनले मंगलबार सम्मान गरेको छ ।
केन्द्रीय समितिको गत माघ २२, २३ र २४ गते नवलपरासीको कावासोतीमा भएको तेस्रो महाधिवेशनबाट चितवन जिल्लाको मात्रै ६ जना प्रतिनिधिहरु केन्द्रीय समितिमा निर्वाचित भएको भन्दै जिल्ला कार्य समिति चितवनले उनीहरुलाई सम्मानसंगै बधाई दिएको हो । महाधिवेशनले केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा कर्णबहादुर गुरुङ, प्रदेश नं. ३ का प्रमुख एवम् केन्द्रीय समिति सदस्यमा सन्तलाल गुरुङ, अन्य केन्द्रीय सदस्यहरुमा पदमबहादुर गुरुङ, मीना गुरुङ, भैँखु गुरुङ र केन्द्रीय समितिको अनुशासन समिति सदस्यमा ज्ञानबहादुर गुरुङलाई सर्बसम्मत निर्बाचित गरेको हो ।
सो महाधिवेशनले पुनः रेशम गुरुङको अध्यक्षतामा नयां नेतृत्वमा चयन गरेको छ । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् चितवनका अध्यक्ष गणेशबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रदेखि जिल्ला हुंदै विभिन्न इकाइ समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।