भ्यालेन्टाईन डेमा गायक राजेश पायल राई र पशुपति शर्मा एकसाथ सौराहा फुड फेष्टिबलमा

चितवन ३ फागुन । चितवनको पर्यटकीय सौराहामा जारी सौराहा फुड फेष्टिबलको मुख्य दिन आज गायकद्धय राजेश पायल राई र पशुपति शर्मा एकसाथ सौराहामा आउने भएका छन् ।

16602663_1399921280049673_5608865017114014202_n
प्रेम दिवस अर्थात भ्यालेन्टाईन डे समेत भएकाले दर्शकहरु खानाको स्वादसगैँ आधुकि र लोक लोकदोहरी स्वाद एक साथ पस्कीन गायकद्धय आउने भएका हुन् ।

आधुनिक गायक राई युवा पुस्ताका सेलिब्रेटी गायक हुन् । उनीसँगै पशुपति शर्मा र रशेमराज भट्टराईले समेत बेजोड प्रस्तुती दिने साँस्कृतिक कार्यक्रम संयोजक नविन नेपालले बताए ।20170213_202806

यस्तै अन्य कलाकारमा दुर्गा सापकोटा,सम्झना भण्डारी, चेलेन्द्र पौडेल आउने छन् । रत्ननगर कलामन्दिरको प्रस्तुती समेत आज रहने छ ।
यता कार्यक्रमतर्फ प्रेमपत्र लेखन प्रतियोगिता आयोजना गरिएको महोत्सव संयोजक नरेश गिरीले बताए । खाना महोत्सबमा दैनिक रुपमा पर्यटक र दर्शकहरु बढ्दै गएका छन् । आज बढी भिड हुने भएकाले सुरक्षा बढाईएको छ ।20170213_213501

यसअघि हिजो सोमबार प्रजापति पराजुली, बद्रि पंगेनी, मिलन लामा, रमेश भट्टराई र दुर्गा सापकोटाले प्रस्तुति दिएका थिए । यस्तै भजन चुड्का प्रतियोगिता र रत्यौली प्रतियोगिता समेत सम्पन्न भएको आयोजक क्षेत्रीय रेवानका अध्यक्ष राजन भट्टले जानकारी दिए ।