भरतपुर भवन निर्माण व्यवसायीको पदस्थापन

चितवन, ०२ फागुन । भरतपुर भवन निर्माण व्यवसायी समितिले सोमबार पदस्थापन एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
समितिको कार्यकक्षमा आयोजना गरिएको उक्त कार्यक्रममा गत माघ २६ गते सम्पन्न दोस्रो अधिवेशनले दोस्रो पटक सर्वसम्मत निर्वाचित अध्यक्ष मदन हजरा पासवान र उनको कार्यसमितिलाई पदस्थापन गराएको हो ।photo
पदस्थापन कार्यक्रममा प्रधानमन्त्रीका प्रशासकीय सल्लाहाकार नारायण दाहाल प्रमुख अतिथि रहनु भएको थियो । उहाँले सो अवसरमा प्रधानमन्त्रीको उपस्थितिमा सम्मान लिन छुटेका पत्रकार चिन्तामणि पौडेल, प्रकाश ज्ञवाली र सुमन गैरेलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।
नव निर्वाचित कार्यसमिति अध्यक्ष मदनहजरा पासवानको अध्यक्षतामा सम्पन्न उक्त पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले राष्टबादको चर्को नारा लगाउने वास्तविकतामा राष्टबादी नभएको र चुनाव नचाहनेहरुले चुनाव चुनाव भनेर फलाक्ने गरेको अरोप लगाउनुभयो । उहाँले घोषणा हुने चुनाव कसैले रोकेर नरोकिने र चुनाव हुने निश्चित छ भन्नुभयो ।
प्रमुख अतिथिले समितिले राखेका माग प्रति आफु सकरात्मक रहेको र गम्भीर पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा अतिथि एवं पाहुनाहरुलाई स्वागत गर्दै समितिका अध्यक्ष मदनहजरा पासवानले समितिको भवन निर्माणको लागि सहयोग माग गरेका थिए । सोही कार्यक्रममा बोल्दै समितिका सल्लाहाकार रत्नाकर चौधरीले सरकारबाट निर्माण कार्य गर्ने मजदुरलाई कृषकलाई जस्तै विमाको ७५ प्रतिशत रकम सरकारबाट दिलाइनुपर्ने, विदेशिने युवाहरुलाई सहयोग गर्ने राज्य बाट स्वदेशमा रोजगारी दिने दाताहरुले लिने बैंक ऋणमा व्याज सहुलियत दिनुपर्ने, कृषि यन्त्रमा जस्तै निर्माणमा प्रयोग गरिने मेसिनरी खरिदमा अनुदानको व्यवस्था गरिनुपर्ने माग राखे । उनले निर्माणको बेला सुरक्षाको लागि लगाइने हेल्मेट र सेफ्टी बेल्टको व्यवस्था राज्यबाट हुनुपर्ने माग राखेका थिए । उनले भूकम्प पछि पुननिर्माणको लागि माग अनुसार कारिगढको सीप विकासको लागि तालिमको व्यवस्थाको माग गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नारायण दाहालले समितिले राखेका माग लिपीवद्ध गरि आफुलाई दिन अनुरोध गर्दै सबै माग प्रति आफुले सक्दो सहयोग गर्ने बचनबद्धता व्यक्त गरेका थिए । उनले यतिवेला निर्माण क्षेत्रमा दक्ष प्राविधिक एवं कारिगढको आवस्यकता खड्कँदो अवस्थामा रहेकोले यसबारेमा सरकारले योजना बनाएर अगाडी बढ्ने तयारीमा रहेको बताएका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र) का केन्द्रीय सचिवालय सदस्य सूर्य सुवेदी पथिक, जिल्ला सहइन्चार्ज ज्ञानु बस्नेत, सल्लाहाकार रेशमलाल पौडेलले बोलेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नारायण दाहाल, विशिष्ट अतिथि सूर्य सुवेदी पथिक, नेकपा माओवादी केन्द्र) चितवनका जिल्ला इन्चार्ज ईश्वरी भट्टराई, चितवनका सहइन्चार्ज घनश्याम दाहाल अविनास, सहइन्चार्ज ज्ञानु बस्नेत, जिल्ला संयोजक यमबहादुर परियारलगायतलाई साधारणसभा सम्पन्न गर्न गरेको सहयोगको लागि धन्यवाद दिंदै सम्मान गरिएको थियो ।