१४ जना जुवाडेलाई जुवा ऐन अन्तर्गत मुद्दा

चितवन, ०२ माघ ।  चितवनमा १४ जना जुवाडेलाई जुवा ऐन २०२० अन्तर्गत मुद्दा चलाईएको छ ।
जुवा तास निरुसाहित गर्ने अभियान अन्र्तगत दुई दिन गरेर १७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दिप थापाले जानकारी दिए । tas
सामाजिक विकृति विसंगति लाई रोकथाम तथा न्युनिकरण गर्ने उदेश्यले जुवा खेल्ने, खेलाउने र हेर्ने समेतका व्यक्तिहरुलाई पक्राउ गरी जिल्ला अदालत चितवनबाट म्याद थप गरी कानुनी प्रक्रिया अगाढि बढाएको उनले बताए । शनिबार भ.उ.म.न.पा.४ कमलनगर स्थित बिपिना लामाले संचालन गरेको विनिषा खाजा घरबाट ७ जना सहित नगद रु. २७ हजार ५ सय ३५ रुपैया समेत वरामद गरेको उनले बताए । यसरी पक्राउ पर्नेमा भ.उ.म.न.पा.–४ बस्ने बर्ष ३२ कि विपना लामा, भ.उ.म.न.पा.–४ बस्ने बर्ष २३ को राकेश तामाङ, भ.उ.म.न.पा.–११ बस्ने बर्ष ४१ को कृष्ण बहादुर तामाङ, भ.उ.म.न.पा.–४ बस्ने बर्ष ३१ को आइतमान लामा, भ.उ.म.न.पा.–४ बस्ने बर्ष ३४ को शुक्रमान लामा, भ.उ.म.न.पा.–४ बस्ने बर्ष २९ विनोद गुरुङ, मकवानपुर कांकडा–९ बस्ने हाल भ.उ.म.न.पा.–४ बस्ने बर्ष ३४ को राज कुमार सुनार रहेका एक विज्ञप्ती मार्फत जानकारी गराए ।
आईतबार भ.उ.म.न.पा.९ गोन्द्राङ स्थित बिक्रम दराईको घरबाट ८० हजार २ सय ९० रुपैया सहित भ.उ.म.न.पा.–९ बस्ने बर्ष ५१ को बिक्रम दराई, भ.उ.म.न.पा.–९ बस्ने बर्ष ५५ को प्राणबाबु जबरा, भ.उ.म.न.पा.–९ बस्ने बर्ष  ५० को रमेश अर्याल, भ.उ.म.न.पा.–१२ बस्ने बर्ष ३९ को ईश्वरी रानाभाट, भ.उ.म.न.पा.–१२ बस्ने बर्ष ३५ को तिर्थराज महत्तो, र.न.पा.–७ बस्ने बर्ष ६० को ओमकार बहादुर महत र र.न.पा.–८ बस्ने बर्ष ५१ को लोक बहादुर कार्की रहेका छन् ।