ल आउ है मिलन र बद्रीको गितसगैँ खानाको स्वादमा रमाउन…

चितवन, २ फागुन । भ्यालेन्टाईन डेको अबसर पारेर आयोजना गरिएको सौराहा फुड फेष्टिवलमा आज विभिन्न साँगितिक कार्यक्रमसँगै प्रतियोगितात्मक कार्यक्रम हुँदै छ । आज रत्यौली प्रतियोगिता र भजन चुड्का प्रतियोगिता हुँदै छ । गायक प्रजापति पराजुली आउने छन्  ।16507883_1399921423382992_425752136634656902_n

यस्तै आज साँझमा भने बद्री पंगेनी, मिलन लामा, दुर्गा सापकोटाले गीत प्रस्तुत गर्ने छन् भने हास्य व्यंग्यमा पोखरेली माग्ने बुढा र धुर्मुस तथा युवराज भण्डारी र राजेन्द्र नेपाली आउँदै छन् ।

यो सँगै आज रत्ननगर कला मन्दिर राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान चितवन र द नेटिभ व्याण्डको प्रस्तुति रहने साँस्कृतिक कार्यक्रम संयोजक नविन नेपालले बताए ।