जनयुद्ध दिवस विविध कार्यक्रम गरि मनाईदै

चितवन, ०१ फागुन । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा माओवादीहरुले जनयुद्ध दिवस मनाउँदैछन् । सशस्त्र युद्ध सुरु गर्दाको नेकपा माओवादी पछि ‘एकीकृत नेकपा माओवादी’ नामकरण गरिएपनि शान्ति प्रक्रिया अघि र पछि सँगै टुक्रिएर विभिन्न नाममा माओवादी पार्टी गठन भएका छन् ।xpaschimanchal-520x261.jpg.pagespeed.ic.MM5nm98nlL

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादी, मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले अलग अलग कार्यक्रम आयोजना गरी  जनयुद्ध दिवस मनाउने भएका छन् ।

दिवसका अवसरमा एकीकृत माओवादीले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा, वैद्य माओवादीले वसन्तपुरमा र विप्लव माओवादीले बालाजु पार्कमा कार्यक्रम आयोजना गरेका छन् ।

नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित बन्दुक उठाएर रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकी तथा सरकारी बैंकमा एकसाथ आक्रमण गरी सशस्त्र युद्ध थालेको तत्कालिन नेकपा माओवादीले २०६३ मंसिर ५ गते तत्कालिन सरकारसँग शान्ति सम्झौता गर्दै हतियार बिसाएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगको तथ्यांक अनुसार १० बर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुबै पक्षबाट १७ हजारभन्दा बढी नागरिक मारिए भने हजारौं व्यक्ति घाइते र अंगभंग भएका छन् ।prachanad

दुवै पक्षबाट हजारौंको संख्यामा नागरिक वेपत्ता पारिए ।

विस्तृत शान्ति सम्झौता भएको ८ वर्ष पूरा सँगै दुई पटक सरकारको जिम्मेवारी सम्हालिसकेको विद्रोही माओवादीले जनताले अनुभूति गर्ने गरी युद्धको औचित्य भने पुष्टि गर्न सकेको छैन ।

२० औं जनयुद्ध दिवसको अवसरमा माओवादी नेताहरुले अलग अलग शुभकामना सन्देश दिँदै जनयुद्धका बाँकी कार्यभार पूरा गरेरै छाड्ने दाबी गरेका छन् ।