पत्रकार महासंघ चितवन शाखामा तालाबन्दी (फोटो फिचर)

आशिष उप्रेती
चितवन, माघ २९ । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको क्रान्तिकारी पत्रकार महासंघ चितवनले नेपाल पत्रकार महासंघ चितवन शाखामा तालाबन्दी गरेको छ । क्रान्तिकारी पत्रकारहरु महासंघ पुगी आज तालाबन्दी गरेका हुन् ।fnj-bulding-photo

महासंघ चितवनका अध्यक्ष सूर्य बरालले आफूहरुको माग बारे पत्रकार महासंघलाई जानकारी गराईसक्दा पनि माग सुनुवाई नभएकाले बाध्यभएर तालाबन्दी गर्नु परेको बताए।fnj tala 1

उनले नयाँ सदस्यता थप्दा क्रियाशिलता ध्यान नदिई आ–आफ्नो मान्छेलाई दिएको र गैर पत्रकारहरुलाई सदस्यता दिईएको भन्दै बिरोध स्वरुप तालाबन्दी गरेको बताए ।fnj tala 2

उनले आफूले महासंघमा टाँगेको कालो व्यानर रातीको समयामा च्यातेको र मागप्रति बेवास्ता गरिएकोले फागुन ५ गतेसम्मका लागि तालाबन्दी गरिएको जानकारी दिए । यस अवधिमा पनि आफूहरुको माग पुरा नभए थप अनिश्तिकालिन तालाबन्दी गरिने जानकारी दिए ।fnaja tata 3