राष्ट्रिय तेक्वान्दोमा नवलपरासी पहिलो, सम्पादक पोखरेल नगद सहित सम्मानित

 

चितवन, २९ माघ । चितवनमा सञ्चालन भएको दोस्रो खुला आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नवलपरासी पहिलो भएको छ ।
३२ जिल्लाको सहभागिता रहेको तेक्वान्दो प्रतियोगितामा पाँच वटा स्वर्णपदक सहित नवलपरासी पहिलो भएको राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्यसमिति चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए ।IMG_6171 प्रतियोगितामा तीन वटा स्वर्ण सहित बाँके दोस्रो र दुई वटा स्वर्ण सहित चितवन तेस्रो भएको छ । त्यसैगरी, पुरुष तर्फ नवलपरासीका प्रेम बहादुर नेपाली र महिला तर्फ धनकुटाकी सुनीता तामाङ उत्कृष्ट खेलाडी घोषित भएका छन् ।IMG_6209
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएको जिल्लालाई ट्रफी तथा खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । दुई सय ५६ खेलाडी सहभागी भएको प्रतियोगितामा पुरुष तर्फ ४० देखि ७० किलो तौल समूह तथा महिला तर्फ ४० देखि ५७ किलो तौल समूहका खेलाडीहरु सहभागी भएका थिए ।

सम्पादक पोखरेल सम्मानित

 

खेलकुदको क्षेत्रमा उत्कृष्ट समाचार लेखेको भन्दै राष्ट्रिय तेक्वान्दो संघ चितवनले चितवनका पत्रकार आनन्द पोखरेललाई नगद सहित सम्मान गरेको छ ।
चितवनलाई कार्यक्षेत्र बनाइ खेलकुद पत्रकारिताको माध्यमबाट समग्र खेलकुदको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संघले पोखरेललाई शनिबार नगद पाँच हजार रुपैयाँ सहित प्रशंसापत्रद्वारा सम्मान गरेको हो । पोखरेल सौराहा अनलाइनका सम्पादक समेत रहेका छन् ।Taekwondo
पोखरेल चितवनबाट प्रशारण हुने आभास टेलिभिजनका समाचार प्रमुख हुन् भने हिमशिखर टेलिभिजनका र रेडियो दर्पणका जिल्ला सम्वाददाता तथा चितवनबाट प्रकाशित हुने नमस्ते बिहानी साप्ताहिकका कार्यकारी सम्पादक हुन् । पोखरेलले जिल्लामा रहेर खेलकुद, पर्यटन क्षेत्रको अलावा समग्र क्षेत्रमा कलम चलाउँदै आएका छन् ।
पोखरेललाई प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि एवम् प्रधानमन्त्री कार्यालयका प्रशासनिक सल्लाहकार तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य नारायण दाहालले नगद सहित सम्मानपत्रद्वारा सम्मान गरेका हुन् ।