११ औ संस्करणको सौराहा फुड फेष्टिबलको सुरु, खाना र वासमा छुटैछुट (उत्कृष्ट २३ फोटो र भिडियोसहित)

राजेन्द्र आचार्य/ सुजन पण्डित
चितवन, २९ माघ । चितवनको पर्यटकीय नगरी सौराहामा “सौराहा फुड फेष्टिकल २०७३” सुरु भएको छ ।16507883_1399921423382992_425752136634656902_n
स्वदेशी एवं विदेशी पर्यटकहरुको प्रर्वद्धन गर्दै समग्र चितवनको पर्यटन विकास गर्ने उद्देश्य सहित ११ औँ संस्करण फुड फेष्टिवलको आयोजना गरिएको हो ।
फेष्टिवलको एक समारोहका विच नेपाल सरकारका संस्कृति तथा पर्यटन राजय मन्त्री इन्द्र बानियाँले उद्धघाटन गरेका थिए । 16602663_1399921280049673_5608865017114014202_nसो अवसरमा बोल्दै उनले मुलुक सघिय संरचनामा गईसकेको भन्दै चितवनको सौराहा प्रदेश नं. ३ कै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताउदै देशकै अग्र स्थानमा आउने बताए ।16603038_1399921490049652_3345399585130208573_n
उनले देशको आर्थिक मेरुदण्ड भनेकै पर्यटन भएको भन्दै देशमा स्थायित्व आएसगैँ पर्यटन क्षेत्रको विकास द्रुत गति हुने बताए । उनले देशमा कसरी शान्तिसगैँ राजनितिक गतिरोध अन्त्य गराउने भन्ने तर्फ सबै एकजुट हुन आग्रह पनि गरे ।16711602_1399840873391047_1901591426115107037_n 16684122_1399841186724349_8258716073162634820_n
यस्तै सो अवसरमा बोल्दै चितवन क्षेत्र नं. २ का सासंद शेषनाथ अधिकारीले पर्यटनको विकास लागि सबै क्षेत्र एकजुट भएर लाग्नुपर्ने बताए ।
सोही अवसरमा बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौत्तमले अब सौराहाको पर्यटज जलयात्रासगँ जोडिई देवघाट देखि सौराहामा सम्म जलयात्राको व्यवस्था गर्न यहाँका व्यवसायीहरुले पहल गर्नुपर्ने बताए ।16683966_1399841420057659_544668279529729668_n 16684317_1399921510049650_852504621431539865_n 16711706_1399921536716314_7382211999751028568_n 16708349_1399921563382978_3771988001478656749_n

क्षेत्रीय रेष्टुरेण्ट एण्ड बार एशोसियसन(रेवान) चितवनको आयोजनामा आजेदेखि फागुन ४ गते सम्म चल्ने फेष्टिवलमा व्यवसायीहरुले खाना र आवासमा १५ प्रतिशत छुट, साना पर्यटन व्यवसायी समूहसँग सहकार्य गरेर व्यवसायीहरुले सामान खरिदमा ३० प्रतिशत छुट र हात्ती सफारीमा पनि छुट दिईएको फेष्टिवलका संयोजक नरेश गिरीले जानकारी दिए । यस्तैप्रेमीप्रेमिकालाई दिइने उपहार खरिदमा ३० प्रतिशत छुट दिइएको उनको भनाइ छ ।16729111_1399921496716318_5296081108643703100_n 16729062_1399921363382998_7298752395337520312_n 16708235_1399921406716327_478591592982103770_n 16684317_1399921510049650_852504621431539865_n 16681686_1399921323383002_8945618404804534726_n

सौराहासगौ समग्र चितवनको पर्यटन प्रर्वद्धनसगैँ यो पटकको फेष्टिवलमा दिईएको दर्शक पर्यटकहरुलाई छुटैछुटको व्यवस्थाले पनि र्दशक तथा पर्यटकहरुको संख्यामा ४० प्रतिशतले वृद्धि हुने क्षेत्रिय रेवानका अध्यक्ष लालबहादुर भट्ट(राजन)ले बताए ।16684039_1399921250049676_1370994545169042237_n 16684021_1399921353382999_195726940392557495_n 16684305_1399921230049678_578159176389002657_n 16729349_1399921253383009_1275637165594958600_n

प्रेम दिवस मनाउन सौराहा आउने युवायुवतीलाई केन्द्रित गरी रेवानले प्रेम दिवसको अवसर पारेर सौराहा फुड फेष्टिबलको आयोजना गर्दै आएको हो । फेष्टिबलमा ६० बढी खानाका स्टलहरुबाट स्वदेशी तथा विदेशी खानाका परिकारहरु राखिने भट्टले बताए । थारू संस्कृतिको संरक्षणको लागि फेष्टिबलमा परम्परागत थारू समुदायका खाना र सांस्कृति नृत्य प्रस्तुत गरिने उनले बताए ।16729171_1399921236716344_1966131572001800588_n

पाँच दिनसम्म चल्ने सो फेष्टिबलमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगितासमेत गरिने छ । फेष्टिबलमा रेष्टुरेण्ट कर्मचारीबीच वेटर रेस, प्रेमपत्र लेखन, रतौली गीत, भजन चुड्का र बालबालिकाबीच बेलुन फुटाउने प्रतियोगिता समावेश गरिएको संयोजक गिरीले बताए । फेष्टिबल सम्पन्न गर्न ४० लाख रूपैयाँ खर्च हुने र आम्दानी भने ५० लाख गर्ने आयोजकले अनुमान गरेको आर्थिक संयोजक गोर्कण गिरीले बताए ।16683967_1399843423390792_6284343008584663806_n 16681820_1399850693390065_7826643895097352271_n
फेष्टिबलबाट भएको आम्दानीबाट, सामाजिक कामहरु राप्ती नदी संरक्षण, होली पर्व, उज्यालो सौराहा, बालश्रम न्यूनीकरण, सडक बालबालिका पुनस्थापनामा सहयोग गरिने अध्यक्ष भट्टले बताए ।
फेष्टिबलको सांस्कृतिक कार्यक्रमअन्र्तगत राजेश पायल राई, पशुपति शर्मा, बद्री पंगेनी, रमेशराज भट्टराई, प्रजापति पराजुली, शान्ति श्री परिवार, कमल खत्री, दुर्गा सापकोटा, सम्झना भण्डारी, माण्डवी त्रिपाठी लगायतका कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक नवीन नेपालले जानकारी दिए । यस अघि भने दिउसो साढे १२ बजे निकुञ्जको पूर्वी सेक्टर मुख्यालयबाट विभिन्न जनजातिहरुको सास्कृति झकल्ने विशेष ¥यालीसगैँ गौतम वुद्धको जिवनी समेत प्रस्तुतीले दर्शकहरुको मन तानेको थिए ।

क्षेत्रिय रेवान चितवनका अध्यक्ष लालवहादुर भट्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिका कार्यकारी अधिकृत काशिराम गैरे, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम,नेकपा एमाले नगर अध्यक्ष वद्रीनाथ घिमिरे,मृग कुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगाना,रेवान महिला समुहकी अध्यक्ष माला दाहाल,पंचतारा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुजाता पाण्डे लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा वरिष्ठ प्रहरी उपरिक्षक दिपक थापा सम्मान तथा रेवानका सदस्य स्वर्गिय जीतनारायण चौधरी जीवालाई मरणोपरान्त सम्मान प्रदान गरियो । चितवनमा रहँदा जिल्लाको शान्ति सुरक्षा सवल वनाउन योगदान पुर्याएको भन्दै थापालाई सम्मान गरिएको थियो भने पप स्थापनाका अगुवा चौधरीलाई मरणोपरान्तबाट सम्मान गरियो ।