अन्नपूर्ण पोष्टको पुरस्कार वितरण

अनिल ढकाल
चितवन माघ २९ । अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिककको ग्राहक योजनामा विजेता बनेका भाग्यशाली ग्राहकलाई पुरस्कार वितरण गरिएको छ । पत्रिकाको ग्राहक बनेकाहरु मध्येबाट स्क्र्रयाच कार्ड विजेता भरतपुर ७ की आकृति भट्टलाई फ्रिज र साप्ताहीक लक्की ड्र विजेता भएका भरतपुर २१ की दुर्गा थपलियालाई ८० हजार बराबरको घरायसी
सामान प्रदान गरिएको छ । अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालय भरतपुर ११ वाईपास रोड अन्नपूर्ण मार्गमा एक कार्यक्रमको आयोजना गरि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दिपक थापाले हस्तान्रण गर्नुभएको हो । सो अवसरमा प्रमुख अतिथि थापाले समाजको रुपान्तरणका लागि संचार माध्यमको प्रभावकारी भूमिका रहेको भन्दै प्रसंसा गर्नुभयो । अन्नपूर्ण मिडिया नेटवर्कद्धारा संचालित अन्नपूर्ण पोष्टको वार्षिक ग्राहक बने बापत पुरस्कार योजना अन्नपूर्ण मिडिया नेटवर्कले जनाएको छ । एपी वान टेलिभिजनका ब्यूरो प्रमुख अनिल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा अन्नपूर्ण पोष्टका चितवन वितरण प्रमुख युधिरराज घिमिरे, आदर्श मिडिया हाउसका संचालक कृष्ण
भण्डारी, पत्रिकाका कर्मचारीहरु महेश अधिकारी, सृजना ढकाल लगाएतले बोलेका थिए ।