सिनर्जी एफ एम को प्रसारण क्षमता र क्षेत्र विस्तार

चितवन, २८ माघ । चितवनको पहिलो र लोकप्रिय रेडियो स्टेशन सिनर्जी एफ एम ९१.६ मेघाहर्जले आफ्नो प्रसारण क्षमता र क्षेत्र विस्तार गरेको छ र एफ एम ले बेलायतको विश्व प्रसिद्द बि.डब्लु. कम्पनीको २ हजार वाटको अत्याधुनिक डिजिटल ट्रान्समिटर जडान गरी आफ्नो प्रशारण क्षमता तथा क्षेत्र विस्तार गरेको हो । श्रोता र विज्ञापनदाताको चाहना बमोजिम प्रशारण क्षमता तथा क्षेत्र विस्तार गरेको एफ एम ले जनाएको छ ।

क्षमता तथा क्षेत्र विस्तार संगै एफ एम अझै परिस्कृत रुपमा अगाडी बढ्ने एफ एम का प्रबन्ध निर्देशक सहन प्रधानले जानकारी दिनु भयो । २०५८ साल कार्तिक २६ गते देखि प्रशारण शुरु गरेको सिनर्जी एफ एम चितवनको पहिलो रेडियो स्टेशन हो । एफ एम को स्टेशन भरतपुर १० बिरेन्द्र क्याम्पस पछाडी शितल पथमा रहेको छ ।