कृषि सम्बन्धी सचेतनाका लागि ‘चौतारी कृषि सप्ताह २०७३’

करुणा देवकोटा
चितवन, २७ माघ । लियो क्लब अफ भरतपुर चौतारी र लायन्स क्लब अफ भरतपुर चौतारीले संयुक्त रुपमा बिहीबार आई.पि.एम कौसी खेती एवम फोहोर व्यवस्थापन कार्यक्रम सम्पन्न गरेको छ ।

चौतारी कृषि सप्ताह २०७३ कार्यक्रम अन्तर्गत चौंथो दिन यस कार्यक्रमको आयोजना गरिएको हो । जनचेतनाको कमीका कारण अझै पनि विषादीयुक्त कृषि प्रणालीमा निर्भर रहंदा स्वास्थ्यमा समेत विभिन्न समस्याहरु देखापरेकाले सचेतनाको लागि कार्यक्रम प्रभावकारी हुने विश्वास छ । सो अवसरमा कार्यक्रमकी प्रमुख अतिथि तथा कृषि तथा बन विज्ञान बिश्व विद्यालयकी सहायक प्राध्यापक डाक्टर कल्याणी मिश्रले घरमा खेर जाने फोहर मैला व्यवस्थापन किन र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सहजिकरण गरेकी थिइन् । मिश्रका अनुसार फोहोरहरुबाट अर्गानिक मल उत्पादन गरी कौसी खेतीमा प्रयोग गर्न सकन्छि ।

जसले वातावरणमैत्री कार्यलाई प्रोत्साहन मिल्ने छ भने घर तथा वरपरको वातावरण पनि स्वच्छ र सफा हुने छ । कार्यक्रममा जिल्ला कृषि बिकास कार्यलय चितवनका बाली संरक्षण अधिकृत श्रीकृष्ण न्यौपानेले चितवनको कृषि बालिमा देखीएको किरा र रोगको प्रकोप तथा त्यसका समाधानका उपायहरुका बारेमा प्रस्तुती राखेका थिए । यस्तै, कौसी खेती र यससंग सम्बन्धित बिषयमा कृषि तथा बन बिज्ञान बिश्व बिद्यालयका योजना निर्देशक डाक्टर अर्जुन कुमार श्रेष्ठले सहजिकरण गरेका थिए । कार्यक्रममा बोल्दै श्रेष्ठले कौसी खेतीको महत्व यसका फाईदा र गर्ने तरिकाको बारेमा जानकारी गराएका थिए ।

श्रेष्ठका अनुसार कौसी खेतीको विषयमा राम्रो जानकारी लिएर खेती सुरु गरियो भने घरमा आंफैले तरकारीहरु उत्पादन गरेर उपभोग गर्न सकिन्छ । कार्यक्रमका संयोजक तथा लियो क्लब अफ भरतपुर चौतारीका प्रथम उपाध्यक्ष्ँ दिक्ष्ँित पौडेलका अनुसार शहरी क्ष्ँेत्रको विकास संगै परम्परागत कृषि प्रणालीलाई परिस्कृत गर्दै आधुनिक कृषि प्रणाली विकास गर्न कार्यक्रमले टेवा पु¥याउने आयोजकको विश्वास छ । कृषि उब्जनी देखिन सक्ने विभिन्न रोगहरुको बारेमा स्थानियहरुलाई जानकारी गराउंदै कृषिमा आधुनिकिकरणको आवश्यकता बारे बुझाउन पनि कार्यक्रमले सहयोग मिल्ने पौडेलले बताएका छन् । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन खैरहनीमा व्यवसायिक मत्स्य पालन प्रशिक्षण, दोस्रो दिन कल्याणपुरमा थुनेलो रोग सम्बन्धी जनचेतनामुलक कार्यक्रम तथा तेस्रो दिन तरकारी खेतीमा किरा व्यवस्थापनको विषयमा सहजिकरण कार्यक्रम सम्पन्न भइसकेको छ ।

५ औं दिनमा भने शुक्रवार युरिया मोलासेस ब्लक बारे तालिमको आयोजना गरिने कार्यक्रम संयोजक दिक्षित पौडेलले बताएका छन् । पौडेलका अनुसार छैटौं दिन माटो परिक्ष्ँण शिविर शिवनगरमा आयोजना गर्दै ७ औं दिन समापन समारोह सञ्चालन गरिने छ । जिल्ला कृषि विकास कार्यालय चितवन, जिल्ला पशु सेवा कार्यालय चितवन, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, मातृभुमी कृषि सामग्री केन्द्र र एग्रिकेयर प्राइभेट लिमिटेड यज्ञपुरीको सहयोगमा चौतारी कृषि सप्ताह २०७३ को आयोजना गरिएको हो ।