२ वटा मोटरसाइकको ठक्करबाट कुरिनटारमा पैदल यात्रीको ज्यान गयो

विनोद श्रेष्ठ
चितवन , माघ २६ । पृथ्वी राजमार्ग अन्तरगत कुरिनटारमा २ वटा मोटर साइकलको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ भने मोटर साइकलमा सवार २ जना गम्भीर घाइते भएका छन् ।

sauraha

बुधबार बेलुकी ६ः३० बजेको समयमा मुग्लिनबाट काठमाण्डौ जादै गरेको ग८प ६५६७ र ग९प ५३५१ नम्बरको मोटरसाइकलले पालैपालो ठक्कर दिदा पैदल यात्रीको उपचार गर्न लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनमा परी मृत्यु हुनेमा चितवनको दारेचोक ३ निवासी वर्ष २५ को पुर्ण बहादुर चेपाङ रहेको छ भने घाइते हुनेहरुमा मोटरसाइकल चालक चितवनको दारेचोक ३ बस्ने वर्ष १८ को जापान मगर र दारेचोक ३ कुरिनटार बस्ने वर्ष २५ को सुसन उप्रेती रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्र हमालले जानकारी दिनुभएको छ ।
अहिले घाइतेहरुलाई उपचारको लागि काठमाण्डौ लगिएको छ भने दुर्घटनामा परेको मोटरसाइकल र अर्का मोटरसाइकल चालक इलाका प्रहरी कार्यालय मुग्लिनले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रहरीले आफ्नो हिरासतमा राखेका मोटरसाइलक चालक भारतको मोतिहारी घर भई कुरिनटारमा मोटरसाइकल वर्क शप सञ्चालन गर्दै आएका सुरेस पण्डितको अवस्था भने सामान्य रहेको जनाएको छ ।