सौराहा फुड फेष्टिबलको तयारी अन्तिम चरणमा,दर्शक पर्यटकहरुलाई तोकिएको छुट नदिने व्यवसायीलाई कार्वाही (भिडियो रिपोर्टसहित)

राजेन्द्र आचार्य/ शिव आचार्य

चितवन, २६ माघ । चितवनको पर्यटकीय नगरी सौराहामा ११ औँ संस्करणको “सौराहा फुड फेष्टिकल” तयारी अन्तिम चरणमा पुगेको छ ।

(भिडियो रिपोर्टसहित)


क्षेत्रीय रेष्टुरेण्ट एण्ड बार एशोसियसन(रेवान) चितवनको आयोजनामा यहि माघ २९ देखि फागुन ४ गते सम्म हुने फेष्टिबल स्थालमा बाहेक अन्य सबै तयारी अन्तिम चरणमा पुगेको फेष्टिवलका संयोजक नरेश गिरीले जानकारी दिए । फेष्टिबल सम्पन्न गर्न आवश्यक गर्ने स्टल निर्माण, प्रचारप्रसार र विभिन्न ठाउँमा स्वागत गेट निर्माणको काम धमाधम भइरहेको उनले बताए । 20170207_123013साथै दर्शक पर्यटकहरुलाई दिने भनिएको छुटको अनुगमन गरि छुट नदिनेको पाईएका प्रशासनको रोहवरमा कार्वाही गर्ने तयारी समेत यस पटक गरेको उनले बताए । रेवानले प्रेम दिवसको अवसर पारेर सौराहा फुड फेष्टिबलको आयोजना गर्दै आएको हो । फेष्टिबलमा ६० बढी खानाका स्टलहरुबाट स्वदेशी तथा विदेशी खानाका परिकारहरु राखिने क्षेत्रिय रेवानका अध्यक्ष लालबहादुर भट्ट(राजन)ले बताए । थारू संस्कृतिको संरक्षणको लागि फेष्टिबलमा परम्परागत थारू समुदायका खाना र सांस्कृति नृत्य प्रस्तुत गरिने उनले बताए ।

20170207_122315 20170207_122411 20170207_122454
पाँच दिनसम्म चल्ने सो फेष्टिबलमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगितासमेत गरिने छ । फेष्टिबलमा रेष्टुरेण्ट कर्मचारीबीच वेटर रेस, प्रेमपत्र लेखन, रतौली गीत, भजन चुड्का र बालबालिकाबीच बेलुन फुटाउने प्रतियोगिता समावेश गरिएको संयोजक गिरीले बताए । फेष्टिबल सम्पन्न गर्न ४० लाख रूपैयाँ खर्च हुने र आम्दानी भने ५० लाख गर्ने आयोजकले अनुमान गरेको आर्थिक संयोजक । फेष्टिबलबाट भएको आम्दानीबाट, सामाजिक कामहरु राप्ती नदी संरक्षण, होली पर्व, उज्यालो सौराहा, बालश्रम न्यूनीकरण, सडक बालबालिका पुनस्थापनामा सहयोग गरिने अध्यक्ष भट्टले बताए ।20170207_122503 फेष्टिबलको अवसरमा रेवानले पर्यटकलाई १५ प्रतिशत छुट दिने घोषणा गरेको छ । प्रेम दिवस मनाउन सौराहा आउने युवायुवतीलाई केन्द्रित गरी व्यवसायीहरुले खाना र आवासमा १५ प्रतिशत छुट दिने भएका हुन् । साना पर्यटन व्यवसायी समूहसँग सहकार्य गरेर व्यवसायीहरुले सामान खरिदमा ३० प्रतिशत छुट दिन लागेको रेवान सौराहाका महासचिव दीपेन्द्र खतिवडाले बताए । प्रेमीप्रेमिकालाई दिइने उपहार खरिदमा ३० प्रतिशत छुट दिइएको उनको भनाइ छ ।
फेष्टिबलको सांस्कृतिक कार्यक्रमअन्र्तगत राजेश पायल राई, पशुपति शर्मा, बद्री पंगेनी, रमेशराज भट्टराई, प्रजापति पराजुली, शान्ति श्री परिवार, कमल खत्री, दुर्गा सापकोटा, सम्झना भण्डारी, माण्डवी त्रिपाठीलगायतका कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक नवीन नेपालले जानकारी दिए ।