ॐ सन् शाइन मा.वि.ले आफ्नो ३३ औ वार्षिक उत्सव एवं अभिभावक दिवस मनाए

विनोद श्रेष्ठ
तनहुँ, माघ २५ ।

ॐ सन शाइन आवसीय माध्यमिक विद्यालय आँबुखैरेनीले आफ्नो ३३ औ वार्षिकोत्सव एवं अभिभावक दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।  क्षेत्रीय शिक्षा कार्यालयका निर्देशक विष्णु प्रसाद अधिकारीको प्रमुख आतिथ्य एवं जिल्ला शिक्षा कार्यालय तनहुँका स्रोत व्यक्ति तोप बहादुर कुवरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गर्नुको साथै विविध बालगित, बक्तृत्व कला समेत प्रस्तुत गरेको थियो ।

 

sun shine
कार्यक्रमका प्रमुख अतिथि एवं पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक विष्णु प्रसाद अधिकारीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि सैद्धान्तिक भन्दा पनि व्यवहारिक शिक्षा तर्फ जोड दिनुपर्ने बताउनुहुदै यस विद्यालयले लामो समयदेखि शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवं जिल्ला शिक्षा कार्यालय तनहुँका स्रोत व्यक्ति तोप बहादुर कुँबरले यस क्षेत्रका अन्य संस्थागत विद्यालयहरु भन्दा फरक र पृथक कार्य गर्दै शिक्षाको गुणस्तरमा ज्यादै प्रशंसनीय कार्य गरेको हुँदा आज यस विद्यालय यहाँ सम्म आउन सफल भएको बताउनुहुदै आउने दिनहरुमा पनि गुणस्तरमा ध्यान दिदै अगाडी बढ्न शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै निवर्तमान प्याव्सनका केन्द्रिय सदस्य एवं टप्स उच्च माध्यमिक विद्यालय रामघाट, पोखराका संस्थापक प्रचार्य रत्नमा गुरुङ्गले यस विद्यालयले शिक्षाको गुणस्तरमा विशेष ध्यान दिएको हुँदा आज यस विद्यालयको नाम राष्ट्रिय स्तरमा समेत पु¥याउन सफल भएको बताउनुभयो । त्यस्तै शिक्षक अभिभावक संघका प्रतिनिधि माधब भट्टराइले विद्यालयको गतिविधिबारे आफ्नो धारणा राख्दै विद्यार्थीहरुको उज्वल भविष्यको लािग कामना व्यक्त गर्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक त्रिपुरेश्वरराज त्रिपाठीले विद्यालयको शैक्षिक तथा भावी योजना बारे प्रकास पार्दै विद्यालयलाई सुव्यवस्थित गर्दै गुणस्तरीय शिक्षा प्रदानका लागि निरन्तर प्रयास जारी रहने बताउनुभयो । साथै उहाँले विद्यालयलाई यहाँ सम्म ल्याउन सहयोग गर्नुहुने विभिन्न व्यक्तिहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै विद्यालयका विभिन्न तह र कक्षाका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत समेत गर्नुभएको थियो ।
कार्यक्रम विद्यालयका शिक्षक गौरब शर्माले सञ्चालन गर्नुभएको थियो भने विद्यालयका शिक्षिका आरती त्रिपाठीले स्वागत मन्तव्य राख्नुभएको थियो त्यस्तै सुस्मा थापा, दीपा बयलकोटी, स्नेहा गुप्ता, पुर्णिमा थापा लगायतका विद्यार्थीहरुले आफ्नो मन्तव्य राखेका थिए ।