माओवादी केन्द्र कालिका नगरमा १ सय बढी कार्यकर्ता पार्टी प्रवेश(तस्वीरसहित)

चितवन, २४ माघ । नेकपा माओवादी केन्द्र कालिका नगरपालिका नगरस्तरीय एकता भेला सम्पन्न भएको छ । माओदी के16507618_972710509530307_106703161_n 16507118_972714886196536_1255101320_n 16506999_972710389530319_2017740435_n 16506868_972713556196669_1960299448_n 16468957_972710476196977_1427890297_nन्द्रका प्रमुख स्थाई कमिट िसदस्य विश्वझक्त दुलाल (आहुती)को प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । सो अवसरमा बोल्दै आहुतीले आगामी चुनावका लागि सबै कार्यकर्ता तयारी अवस्थामा रहन निर्देशन दिए ।
नगर अध्यक्ष रामध्वज डल्लाकोटी (विवेक)को अध्यक्षतामा सम्पन्न भेलामा करिब १ सय बढी एमाले र काग्रेस परित्याग गरि आएका नयाँ कार्यकर्ताहरुलाई प्रमुख अतिथि आहुतीले रातो टिका लगाई प्रवेश गरेका थिए । कार्यक्रममा बाल्ने अधिकांश नवप्रवेशीहरुले देश निकासको एक मात्र विल्कप माओवादी रहेको भन्दै सबैलाई माओवादीमा समाहित गर्न आग्रह गरे ।
भेलामा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज ईश्वरी भट्टराई, जिल्ला अध्यक्ष यमबहादुर परियार, सह–ईन्चार्ज कञ्चन खनाल, जिल्ला सदस्य संगिता भट्टराई लगायतले बोलेका थिए ।