नवलपरासीमा लाग्ने मदारबाबा मेला तयारी पूरा

रबिन्द्र यादव
नवलपरासी, २३ माघ । जिल्लाको कुडिया गा.बि.स. को महलबारीमा यहि फागुन ५ गते देखि मदार मेला सुरु हुने भएको छ ।

लामो समय देखि हरेक बर्ष लाग्दै आएको मदारमेला फागुन ५ गते देखि १४ गते सम्म मेला सन्चालन हुने मदरसा ईस्लामिया कुताबुल कुडियाका अध्यक्ष जमालुदिन असारी ले बताउनु भएको छ।मेला सन्चालन को बारेमा जानकारी गराउने उदेश्यले महलबारीमा पत्रकार सम्मेलन गरि मेला बारे जानकारी गराईएको हो।Z

मेलाका लागि आवश्यक पर्ने पुर्बधारको ब्योजनाको तयारीकोलागि,विभिन्न समिति मार्फत,सरसफाई ,खानेपानी बाटोघाटो ,शौचालय,सवारीसाधनका लागि पार्किङ , बिजुलि ,सन्चार को ब्यवस्थापन कार्य तिब्र रुपमा अगाडि बढिरहेको आयोजक ले पत्रकार सम्मेलन मार्फत जनायको छ।

मेलामा करिब १० लाख भक्त श्रध्दालुहरुको उपस्थिति हुने अनुमान गरिएको छ।नवलपरासीको एैतिहासिक तिर्थस्थलको रुपमा रहेको दाउनेदेबि,रामग्रामस्तुप,मौलाकालिका,गजेन्द्र मोछधाम मध्ये मदारस्थान पनि एक महत्वपर्ण स्थान हो।

मदार बाबाको मजारस्थानमा पुगेर मनमा चिताएको मनोकामना पूरा हुने धार्मिक बिश्वास रहि आएको छ। महिलाहरुको बच्चाहुने समस्या लाई यहाजाने महिलाहरुले भाकल गरेर आएपछि बाल बच्चा पाएको महिलाहरुले बताउदै आएका छन।मदारबाबाको मजारस्थान महलबारी देखि लगभग९ किलोमिटर पहाडको डाडामा अवस्थित रहेको छ लगभग ३ घन्टा पुग्न लाग्दछ।

नेपाल र मित्र राष्ट्र भारत का भक्तजन हरुको उपस्थिति हुने जनाईको छ।मेलालाई सभ्य रभब्य बनाउन कडा सुरक्षाका लागि सुरक्षाकर्मी, स्थानियस्वयसेवक खटाईने बताईएको छ