चितवनमा छ्याप्छ्याप्ती अवैध आयूर्वेदिक उपचार केन्द्र

राजेन्द्र आचार्य
२१ माघ, चितवन । चितवनका अधिकांश आयूर्वेदिक उपचार केन्ऽहरु अवैध रुपमा सञ्चालन भएको प्रमाण फेला परेको छ । भरतपुर र नारायणगढ क्षेत्रमा सञ्चालित अधिकांश आयूर्वेदिक उपचार केन्द्रले सम्बन्धित निकायबाट अनुमति नै नलिएको र अनुभवका आधारमा बिरामीको उपचार गरिरहेको फेला परेको हो ।abaidh-aayurbedik

आयूर्वेदिक उपचारकेन्द्रहरुले व्यवसाय सञ्चालनको अनुमति नलिएको, योग्यताबिनै उपचार गरेको तथा आवश्यक पूर्वाधारबिना नै उपचार केन्द्र सञ्चालन गरेको पाइएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र उपभोक्ता अधिकार संरक्षण मञ्चले बिहीबार गरेको संयुक्त अनुगमनका क्रममा यस्तो प्रमाण फेला परेको हो ।
भरतपुरको अनमोल आरोग्य केन्द्रबाट डा.रिमा कर्ण, रमा पौडेल र बबिता ढकाललाई नियन्त्रणमा लिएको छ भने नारायणगढको बेलचोकमा रहेको अनमोल उपचार सेवा केन्द्रबाट डा. अमित सहनी, हेमलाल बराल र अनिल गिरीलाई नियन्त्रणमा लिएको शर्माले बताए ।मिडियामा आकर्षक विज्ञापन गर्ने तर विज्ञापनअनुसार सेवा नदिएर ठगी गरेको भन्दै चितवनका आयुर्वेदिक सेवा केन्द्रमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओम नारायण शर्माले बताए । अनुगमनको क्रममा दुईवटा आयुर्वेदिक सेवा केन्द्रमा सिल गरिएको र डाक्टरसहित ६ जनालाई नियन्त्रणमा लिइएको शार्माले जानकारी दिए ।

अनुगमनका क्रममा भरतपुरको अनमोल आरोग्य केन्द्रबाट २ कार्टुन र अनमोल उपचार सेवा केन्द्रबाट ५ कार्टुन म्याद सकिएको औषधि फेला पारेको थियो ।

अनुगमन टोलीले नारायणगढको वैदिक आयुर्वेदिक औषधालयलाई बन्द गर्न निर्देशन दिएको छ । प्रक्रिया पूरा नगरी सञ्चालन भएको पाइएकाले तीन दिनभित्र बन्द गर्न निर्देशन दिएको जिल्ल्ाा जनस्वास्थ्य कार्यालय भरतपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मी महतोले बताए ।

उपभोक्ता हित संरक्षण मञ्चका सचिव प्रकाश सिग्देलले योग्यताको प्रमाणपत्रबिना नै उपचार केन्द्र सञ्चालन गरेर उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै कडा कारबाही गरिनुपर्ने बताए । ‘दर्ता नगर्ने, कर नतिर्ने, योग्यता विनै उपचार केन्द्र चलाएर जनताको स्वास्थ्यसँग खेलवाड गर्नेलाई कडा कारबाही गर्नुपर्छ’ सिग्देलले भने ।