चितवनका नवप्रवेशी मोडलहरु अवसरको खोजीमा

विप्लव काफ्ले
चितवन, माघ २० । चितवनबाट २४ जना युवायुवति मोडलिङ क्षेत्रमा प्रवेश गर्ने अवसरको खोजीमा लागेका छन् ।

मञ्जरी ग्रुपले चितवनमा पहिलो पटक आयोजना गरेको फेसन मन्थका लागि छनौटमा परेका २४ नवप्रवेशी मोडलहरु आाफुलाई स्थापित गर्न अवसरको पर्खाइमा छन् । पहिलो पटक चितवनमा गरिएको फेशन मन्थको पहिलो अडीसनमा ५० जना युवा र ३० जना युवतिले सहभागिता जनाएका थिए ।model ko
‘मञ्जरी फेशन मन्थ’ का लागि छनौट भएका उत्कृष्ट २४ नवप्रवेशी मोडलहरुले भरतपुरमा आयोजित एक विशेष कार्यक्रममा आआफ्नो प्रस्तुति देखाएका छन् । मञ्जरी गु्रपले आयोजना गरेको सो फेसन मन्थमा दुई चरणको अडीसन राउण्डबाट छानिएका चितवनका नवप्रवेशी मोडलहरुको फाइनल सो देखाइएको हो ।
विएसटी डिजाइन र इभल्व मेनस्वेयरले तयार गरेका आकर्षक पहिरनमा मोडलहरु मञ्चमा देखा परेका थिए । फाइनल सो मा युवतीहरु वान पीस र गाउनमा सजिएर मञ्चमा देखा परेका थिए । युवाहरु क्याजुवल वेयर र फर्मल पहिरनमा देखा परेका थिए । कोरीयोग्राफि प्रज्ञा तिवारीले मोडलहरुलाई मञ्चमा हिड्ने, प्रस्तुत हुने यसअघिनै प्रशिक्षण दिएकी थिइन् । सो अवसरमा मिस्टर नेपाल २०१५ का सन्दीप पोखरेल, मिस अरोमा चितवन इशा प्रधान, मिस स्नो ह्वाइट क्यारोल श्रेष्ठ समेत मञ्चमा देखा परेका थिए ।
मञ्जरी गु्रपका अध्यक्ष विशाल आलेमगरले हरेक तीन तीन महिनामा हुने फेशन मन्थले नवप्रवेशी मोडलहरुलाई मोडलिङ क्षेत्रमा लाग्न प्रेरणा दिने बताए । उनले छिटै मिस अरोमा चितवन सिजन टुको अडीसन हुने जानकारी दिए । फेसन मन्थको फाइनल सोका लागि छनौट भएका नवप्रवेशी मोडललाई परिचित गराउन फेसन मन्थ आयोजना गरिएको उनले बताए । सो अवसरमा महिला अधिकारकर्मी सरीता केसी, मञ्जु खाँड, कल्पना पौडेललाई सम्मान गरिएको थियो । नजिकिदो प्रेम दिवसमा युवायुवति आकर्षक बनेर हिँड्न सघाउने गरि फेसन मन्थ आयोजना गरिएको हो ।