मोहना उच्च माविको शौचालय प्रयोगविहिन अवस्थामा (फाटो फिचर)

चितवन, २० माघ । चितवनको रत्ननगर ६ मोहनामा रहेको एकमात्र सरकारी विधालय मोहना उच्च माविको शौचालय प्रयोगविहिन अवस्थामा रहेको छ ।mohana 5
पानीको र सरसफाईको अभावका कारण विद्यालयको शौचालय फोहोर एवम् प्रयोगविहीन अवस्थामा रहेको हो ।
विधालयमा बिधार्थी र शिक्षको लागि छुट्टा छुट्टै गरि जम्मा दुई ओटा शौचालय रहेको छ । mohna 1शौचालयमा ‘धारा र ट्याङकी त छ तर पानी छैन’, विद्यालयको अवस्थाको बिषयमा जानकारी गराउ“दै एक स्थानीयले भने, ‘यसबाट विद्यार्थीहरु प्रत्यक्ष समस्यामा रहेका छन् ।’
पिसाव गर्नका लागि केही विद्यार्थी फोहोर अवस्थामा रहेको शौचालयमा जाने गरेको भएपनि प्राय विद्यार्थीहरु विद्यालयकै भित्ता र वरपरको झाडीमा जानुपर्ने अवस्था रहेको छ । mohana 2‘केटाहरुलाई त जहा“ गएर दिशापिसाव गरेपनि सजिलै होला तर केटीहरुलाई धेरै समस्या पर्ने गरेको छ’, उनले भने, ‘विद्यालयको लापरबाही अनि हेलचक्र्याईंका कारण शौचालयको दुरावस्था भएको हो ।’
‘ट्वाइलेट छ तर पानी छैन । धारा टाढा छ । शौचालयमा ढोकाको फ्रेम छ तर ढोका छैन ढोका चौरमा फालिएको अबस्थामा देख्न सकिन्छ । करिब दुई महिना अघि मात्रै बिधालयमा नयाँ व्यवस्थापन समिति बनेको थियो ।

mohana 3समिति निर्माण गर्ने क्रममा स्थानीय अभिभावक एवं नेपाल मजदुर किसान पार्टीका नगर अध्यक्ष पुनराम शर्माले शौचालयको स्थिति बारे कुरा उठाउनु भएको थियो ।

त्यस क्रममा बिधालय निरिक्षक रामकृष्ण सिंखडाले आफैले शौचालयको निरिक्षण गरि तत्काल समस्या समाधान गर्न आग्रह समेत गर्नु भएको थियो ।

दुई मैना बिति सक्दा समेत शौचालय सुधार हुन सकेको छैन ।