पूर्वी चितवनको रत्ननगरबाट ६ जुवाडे पक्राउ

चितवन, माघ १९ । रत्ननगरको माधबपुर स्थित दिग्दर्सन चोकबाट ६ जना जुवाडे पक्राउ परेका छन् ।tas ईलाका प्रहरी कार्यालय टाडीबाट प्रहरी नायब उपरीक्षक नारायण रन्जितकारको नेतृत्वमा गयको टोलिले उनिहरुलाइ बुधबार अपरान्ह पक्राउ गरेको हो । स्थानीय कुल प्रसाद भट्टको चिया पसलमा तास खेल्दै गरेको अवस्थामा रङ्गे हात पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रन्जितकारले जानकारी दिय । सो जुवाखालबाट १८ हजार ४ सय ८५ रुपैयाँ समेत बरामत गरेको छ । उनिहरुलाइ जुवा एेन अन्तर्गत कारबाही हुने प्रहरी निरीक्षक अभय बिक्रम शाहले जानकारी दिए ।