सरस्वती पूजाको अवसर पारेर मन्टेश्वरी सञ्चालन

चितवन, १९ माघ । भरतपुर–७ कृष्णपुर स्थित टाउन प्लानिङमा न्यु गोल्डेन मन्टेश्वरी सञ्चालनमा आएको छ । सरस्वती पूजाको अवसर पारेर बुधवार यस मन्टेश्वरीको उद्धघाटन गरिएको हो ।
सामाजिक क्रियाकलापमा संलग्न रहदै आएका चार जना महिलाहरुको संयुक्त प्रयासमा यस मन्टेश्वरी सञ्चालनमा आएको हो । भरतपुर उपमहानगरपालिका ७ की शारदा खरेल, भरतपुर उपमहानगरपालिका ६ की सरिता केसी, भरतपुर उपमहानगरपालिका १० की उर्मिला पन्त र भरतपुर उपमहानगरपालिका १४ की गोमा कंडेल खरेलले संयुक्त रुपमा यस मन्टेश्वरी संचालनमा गरेका हुन् । मन्टेश्वरीमा हाल प्ले ग्रुप देखि केजी कक्षा सम्मको पढाइ हुने सञ्चालिका शारदा खरेलले जानकारी दिएकी छन् ।
प्राय जसो अन्य बिहान ९ बजेदेखी बेलुका ४ बजेसम्म बालबालिकाहरुलाई हेरचाह गर्दै अध्यापन गराउने उद्देश्यले यस मन्टेश्वरी स्थापना गरिएको खरेलको भनाई छ । हाल ३ जना शिक्षिका राखिएको यस मन्टेश्वरीमा एउटा कक्षामा २० जना बालबालिकाहरुलाई भर्ना लिइने अर्की सञ्चालिका सरिता केसीको भनाई छ । भरतपुर उपमहानगरपालिकाको वडा नम्बर ६, ७, ८, १०, १३ र १४ नम्बरका स्थानीयहरुलाई लक्ष्ँित गरी यस गोल्डेन मन्टेश्वरीको स्थापना गरिएको हो ।
करिब ४ लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको यस मन्टेश्वरीलाई आगामी दिनमा अभिभावकहरुको चाहाना अनुरुप परिस्कृत गर्दै लैजाने सञ्चालकहरुले बताएका छन् । अभिभावकहरु व्यस्त हुंदा बालबालिकाहरुको उपयुक्त हेरचाह गर्ने स्थानको रुपमा फस्टाउँदै गएको मन्टेश्वरी अहिले धेरै अभिभावकहरुको रोजाईको ठाउँ बनेको छ ।